default_image

3 years ago

May 1, 2021

बार्सिलोनाका प्रशिक्षक कोम्यानलाई प्रतिबन्ध

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई प्रतिबन्ध लागेको छ । स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) को प्रतियोगिता समितिले उनलाई दुई खेलको प्रतिबन्ध सुनाएको हो । यससँगै कोम्यानले भ्यालेन्सिया र एट्लेटिको म्याड्रिडविरुद्धको खेलमा टच लाइनमा बस्न पाउने छैनन् । बिहीबार राति घरेलु मैदान नोउ क्याम्पमा ग्रानडासँग २–१ ले स्तब्ध भएको खेलमा डच प्रशिक्षक कोम्यान […]

52 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई प्रतिबन्ध लागेको छ । स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) को प्रतियोगिता समितिले उनलाई दुई खेलको प्रतिबन्ध सुनाएको हो ।

यससँगै कोम्यानले भ्यालेन्सिया र एट्लेटिको म्याड्रिडविरुद्धको खेलमा टच लाइनमा बस्न पाउने छैनन् । बिहीबार राति घरेलु मैदान नोउ क्याम्पमा ग्रानडासँग २–१ ले स्तब्ध भएको खेलमा डच प्रशिक्षक कोम्यान रातो कार्ड खादै टचलाइनबाट बाहिरिएका थिए ।

रेफ्रीप्रति खराब व्यवहार देखाएपछि कोम्यानलाई दुई खेलको प्रतिबन्ध सुनाइएको प्रतियोगिता समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

रेफ्री पाब्लो गोन्जालेज फुर्तेसले कोम्यानलाई ६६औं मिनेटमा रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । जहाँ ग्रानडाले बार्सिलोनामाथि २–१ को पूनरागमन जित हात पारेको थियो । ‘उनको अवस्थाबारे रेफ्रीले सुरुमै चेतावानी दिइसकेका थिए । तर उनले फोर्थ अफिसियलसँग पनि भनाभन गरेको रिपोर्टमा उल्लेख छ ।

खेलपछि कोम्यानले आफुले रेफ्री र फोर्थ अफिसियललाई कुनै त्यस्तो अपशब्द नबोलेको बताएका थिए । ‘मैले केही खराब भनेको छैन । मैले उसलाई अपमान गरेको छैन । यो अविश्वसनीय छ । तर यदि फोर्थ अफिसियल नायक बन्न चहान्छ भने । मैले केही टिप्पणी गरेको छु । तर मैले कुरुप शब्द प्रयोग गरेको छैन,’ कोम्यानले भने ।

कोम्यानको अनुपस्थितिमा बार्सिलोनाको टचलाई उनका सहायक प्रशिक्षक अल्फ्रेड श्रेउडरले टच लाइन सम्हाल्नेछन् । ग्रानडासँगको हारपछि उपाधि होडमा रहेको बार्सिलोनाले शीर्षस्थानमा उक्लने मौका गुमाउँदा तेस्रो स्थानमा यथावत रहेको छ । बार्सिलोनाको ७१ अंक छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ७३ तथा दोस्रो स्थानको रियल म्याड्रिडको ७१ अंक छ ।

बार्सिलोनाले भ्यालेन्सियासँग ३ मेमा उसकै मैदानमा प्रतिस्पर्धा गर्दा एट्लेटिकोसँग घरेलु मैदानमा ८ मेमा प्रतिस्पर्धा गर्दैछ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.