default_image

3 years ago

May 1, 2021

लेस्टर हारबाट जोगियो

एजेन्सी – प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको लेस्टर सिटी १० खेलाडीमा समेटिएको साउथह्याम्टनसँग हारबाट जोगिएको छ । १० खेलाडीमा समेटिएको साउथह्याम्नटनसँग १–० ले पछि परेको अवस्थामा जोनी इभान्सले गोल गर्दै लेस्टरलाई हारबाट जोगाएका हुन् ।सेन्ट मेरिज स्टेडियम ह्याम्पसायरमा शुक्रबार राति भएको खेलमा घरेलु टोली १०औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । जेमी भार्डीमाथि फल […]

30 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको लेस्टर सिटी १० खेलाडीमा समेटिएको साउथह्याम्टनसँग हारबाट जोगिएको छ ।

१० खेलाडीमा समेटिएको साउथह्याम्नटनसँग १–० ले पछि परेको अवस्थामा जोनी इभान्सले गोल गर्दै लेस्टरलाई हारबाट जोगाएका हुन् ।
सेन्ट मेरिज स्टेडियम ह्याम्पसायरमा शुक्रबार राति भएको खेलमा घरेलु टोली १०औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।

जेमी भार्डीमाथि फल गरेपछि जान्निक भेस्टेरगार्ड सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । तर त्यसको फाइदा लेस्टरले उठाउन सकेन । १७औं मिनेटमा वाल्कर पिटर्सको पासमा नाथन रेडमन्डको प्रहारलाई लेस्टर सिटीका गोलरक्षक कास्परले बचाउँदा लेस्टर अग्रता लिनबाट चुक्यो ।

३७औं मिनेटमा वेलफ्रेड एनडिडि र केलिची इहानाचोको समन्वयमा बनेको मुभमा युरी टिलेमान्सले मोहम्मेद सलिसुलाई बिट गर्दै गरेको प्रहार साउथह्याम्टनका गोलरक्षक एलेक्स म्याकर्थीले बचाए । ६१औं मिनेटमा साउथह्याम्टनले पेनाल्टी गोलमार्फत खेलमा अग्रता लिन सफल भयो ।

जेम्स वार्ड प्राउजको फ्रिकिकमा स्टुआर्ट आम्सट्रङको प्रहार केलिची इहानाचोले ब्लक गर्दा हातले छुन पुगेपछि रेफ्रीले साउथह्याम्टनलाई सिधै पेनाल्टी प्रदान गरेको थियो । जसमा कप्तान जेम्स वार्ड प्राउज चुकेनन् । तर, साउथह्याम्टनको त्यो अग्रता लामो समय टिकेन ।

६८औं मिनेटमा जोनी इभान्सले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले केलिची इहानाचोको पासमा गोल गर्न सफल भएका थिए । खेलको अन्त्यतिर लेस्टरले लगातार आक्रमण बुनेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

यो बराबरीपछि लेस्टर ३४ खेलबाट ६३ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । साउथह्याम्टन ३७ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.