default_image

3 years ago

May 1, 2021

रोनाल्डो युभेन्टसमा निराश र एक्लो!

एजेन्सी – विश्व फुटबलका सुपर स्टार मध्येका एक क्रिस्टियानो रोनाल्डो सधै जसो चर्चामा रहने गर्छन् । कहिलेका व्यवहारका कारण चर्चामा रहेपनि अधिकांश समय उनको खेल जीवनलाई लिएर चर्चामा रहने गर्दछन् । युभेन्ट्सले उनको सफल खेल जीवनलाई हेरर नै च्याम्पियन्स लिग जित्ने योजनाका साथ उनलाई भित्राएको थियो । तर उनी आबद्ध भएयता पनि युभेन्ट्सले च्याम्पियन्स लिग […]

40 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलका सुपर स्टार मध्येका एक क्रिस्टियानो रोनाल्डो सधै जसो चर्चामा रहने गर्छन् । कहिलेका व्यवहारका कारण चर्चामा रहेपनि अधिकांश समय उनको खेल जीवनलाई लिएर चर्चामा रहने गर्दछन् । युभेन्ट्सले उनको सफल खेल जीवनलाई हेरर नै च्याम्पियन्स लिग जित्ने योजनाका साथ उनलाई भित्राएको थियो । तर उनी आबद्ध भएयता पनि युभेन्ट्सले च्याम्पियन्स लिग जित्न सकेको छैन ।

३६ वर्षीय रोनाल्डो आफ्नो करियरमा अहिले आँफैसँग खुसी नभएको क्लबमा निराश र एक्लो महसुस गर्दै गइरहेको इटालियन सञ्चार माध्यमले जनाएका छन् । यो सिजन सिरी ‘ए’ मा २९ खेलमा २५ गोल गरेका रोनाल्डाले च्याम्पियन्स लिगमा ६ खेलमा ४ गोल गर्दा युभेन्टस गोलको लागि संघर्ष गरिरहेको छ ।

इटालियन पत्रिका गजेटा डेलोका अनुसार रोनाल्डो पहिला भन्दा फरक भएका छन् । टुरिनमा सुरुमा भन्दा पछिल्ला दिनमा उनको व्यवहार फरक हुने गरेको छ । उनले टोलीका अन्य साथीको हौसला बढाउन पनि छाडेका छन् । जस्तो पहिला उनी गर्थे । उनी आफै पनि फुटबलमा खासै रमाइरहेको अभास हुँदैन ।

‘युभेन्टसमा अनुबन्ध हुने बेलाको बानी र अहिलेको बानी निकै परिवर्तन छ । उनी नर्भस, चिडचिलो र आफ्नो टिमका साथीहरुबाट धेरै टाढा छन्, ‘ ला गाजेट्टाको दावी छ, ‘उनले हार मानेको देखिन्छ । प्राय जुधेर र जुझारु भएर खेलेको देखिदैन । जुन चिन्ताजनक विषय हो । रोनाल्डोले अब यि भावनाहरु लुकाउन कोसिस पनि गरिरहेको छैनन् ।’

गाजेट्टाका अनुसार सरुवा बजारमा चलेको हल्लाले पनि उनले क्लबमा राम्रो गर्न सकिरहेको छैनन् । अहिले उनी फुटबलमा त्यति खुसी हुन नसकेको तथा एक्लो र केही हतासिएको देखिन थालेका छन् । उनको पछिल्लो व्यवहारलाई क्लब छाड्ने संकेतका रुपमा पनि हेरिएको छ । ‘उनी मैदानमा पनि अलग्गै देखिन्छन् । लाग्छ कि उनी युभेन्ट्स छाड्ने नजिकमा छन्’, अगाडि भनिएको छ,‘ च्याम्पियन्स लिगबाट बाहिरिएपछि फरकपन झनै बढी देखिएको छ ।’

खराब सिजन

रोनाल्डोको आफ्नो मुडले पनि मैदानमा राम्रो गर्न सकिरहेका छैनन् । यसको असर युभेन्टसको प्रदर्शनमा पनि देखिएको छ । उनले ७ अप्रिलमा नेपोलीविरुद्ध गोल गरेपछि पछिल्लो तीन खेलमा गोल गर्न सकेका छैनन् ।

लगातार नौ सिजनमा सिरी ‘ए’ को उपाधि जितेको युभेन्टस यो सिजनमा चौथो स्थानमा रहेको छ । यतिमात्र होइन, युभेन्टसलाई अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउन पनि निकै ठूलो चुनौती छ । रोनाल्डो २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट युभेन्टस पुगेका थिए ।

पछिल्लो ९ सिजन सिरि ए च्याम्पियन रहेको युभेन्ट्स जारी सिजनमा चौथो स्थानमा छ । यसपटक उपाधि जित्ने भन्दा पनि अर्को सिजन च्याम्पियन्स लिग छनोटका लागि नै टोली संघर्षरत छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.