default_image

3 years ago

May 2, 2021

क्यासमिरो र मिलिसाओको गोलमा रियलको जित

एजेन्सी – दुई ब्राजिलियन खेलाडी डिफेन्डर इडर मिलिसाओ र सेन्ट्रल मिडफिल्डर क्यासमिरोको गोल मद्दतमा उपाधि होडमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा ओसासुनामाथि २–० को जित दर्ता गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा रोकिदा मिलिसाओ र क्यासमिरोले दोस्रो हाफमा चार मिनेटको अन्तरमा दुई गोल गर्दै रियललाई जित दिलाउँदै उपाधि होडलाई जीवितै राखेको हो । […]

72 views

0 Bookmark

एजेन्सी – दुई ब्राजिलियन खेलाडी डिफेन्डर इडर मिलिसाओ र सेन्ट्रल मिडफिल्डर क्यासमिरोको गोल मद्दतमा उपाधि होडमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा ओसासुनामाथि २–० को जित दर्ता गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिदा मिलिसाओ र क्यासमिरोले दोस्रो हाफमा चार मिनेटको अन्तरमा दुई गोल गर्दै रियललाई जित दिलाउँदै उपाधि होडलाई जीवितै राखेको हो । घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा शनिबार राति भएको खेलमा रियलले बल पोसेसनमा पकड बनाएपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

२५औं मिनेटमा मार्सेलोको क्रसमा इडेन हाजार्डको प्रहारलाई ओसासुनाका गोलरक्षक सर्जियो हेरेराले बचाए । लगत्तै त्यसमै प्राप्त कर्नरमा इडर मिलिसाओको फ्लिक हेडरलाई हेरेराले पञ्च गर्दै बचाउँदा रियल अग्रता लिनबाट चुक्यो ।

५६औं मिनेटमा एसेन्सियोको फ्रिकिकमा मिलिसाओको भली प्रहार क्रसबारबाट थोरै बाहिरियो । ७६औं मिनेटमा मिलिसाओले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । उनले इस्कोको कर्नरलाई सदुपयोग गरेका थिए ।

त्यसको चार मिनेटपछि ८०औं मिनेटमा क्यासमिरोले गोल गर्दै रियललाई २–० को महत्वपुर्ण जित दिलाए । उनले करिम बेन्जेमाको पासलाई सदुपयोग गरेका थिए । रियलले ओसासुनाविरुद्ध मिडफिल्डरद्धय टोनी क्रुस र लुका मोड्रिचलाई विश्राम दिएका थिए ।

जितपछि दोस्रो स्थानमा रहेको रियलको ३४ खेलबाट ७४ अंक पुगेको छ । रियल शीर्षस्थानको एट्लेटिको म्याड्रिडभन्दा २ अंकले पछि छ । एट्लेटिकोको समान खेलबाट ७६ अंक छ । पराजित ओसासुना ४० अंक जोडेर ११औं स्थानमा छ ।

ला लिगामा ३४औं चरणका खेल जारी रहँदा अब चार राउन्डको खेल बाँकी रहँदा ला लिगाको उपाधि होड निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको छ । उपाधि होडमा एट्लेटिको र रियलसँगै बार्सिलोना र सेभिया रहेका छन् । एक खेल कम खेलेका बार्सिलोनाको ७१ तथा सेभियाको ७० अंक छ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.