default_image

3 years ago

May 2, 2021

चेल्सीको जितमा हाभर्टजको दुई गोल

एजेन्सी – जर्मन मिडफिल्डर काई हाभर्टजको दुई गोल सहयोगमा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा फुलहममाथि २–० को सहज जित निकालेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा काई हाभर्टजले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेका थिए । खेलको १०औं मिनेटमा हाभर्टजले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनले […]

48 views

0 Bookmark

एजेन्सी – जर्मन मिडफिल्डर काई हाभर्टजको दुई गोल सहयोगमा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा फुलहममाथि २–० को सहज जित निकालेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा काई हाभर्टजले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेका थिए । खेलको १०औं मिनेटमा हाभर्टजले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनले मासन माउन्टको पासलाई सदुपयोग गरेका थिए ।

४९औं मिनेटमा हाभर्टजले टिमो वेर्नरको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सीले सहज जित निकाल्यो ।

जितपछि चेल्सीले ३४ खेलबाट ६१ अंक जोडेर शीर्ष चारको पकड बलियो बनाएको छ । चेल्सीले पाँचौ स्थानमा रहेको वेस्ट ह्यामलाई ६ अंकले पछि पारेको छ । वेस्ट ह्यामले एक खेल कम खेलेको छ ।

चेल्सीसँग पराजित भएपछि फुलहमको रेलिगेसन सम्भावना बढेको छ । फुलहम २७ अंक जोडेर १८आं स्थानमा रहेको छ । फुलहम रेलिगेसन जोन बाहिर रहेको न्यु क्यासलभन्दा ९ अंकले पछि छ ।

प्रिमियर लिगकै अर्काे खेलमा एस्टन भिल्लाले एभर्टनलाई उसकै मैदानमा २–१ को हार चखाएको छ । एस्टन भिल्लाको जितमा ओले वाट्किन्स र अनवर इल घाँजीले गोल गरे । एभर्टनका डोमिनिक काल्भर्ट लेविनले एक गोल फर्काए । जितपछि एस्टन भिल्ला ४८ अंक जोडेर नवौं स्थानमा उक्लदा एभर्टन ५२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.