default_image

3 years ago

May 6, 2021

बार्सिलोना अझै नेयमार भित्र्याउन इच्छुक

एजेन्सी – बार्सिलोना छाडेर नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेको झन्डै ५ वर्ष हुन लागिसकेको छ । तर, पनि उनको नाम बार्सिलोनासँग जोडेर आउने क्रम भने रोकिएको छैन । सुरुको केहि समय नेयमार आफै पनि पिएसजीमा खुसी नरहेको बताइन्छ । उनी आफै बार्सिलोना फर्कन चाहेको समाचार सार्वजनिक हुने गरेका थिए । कोभिड १९ का कारण […]

48 views

0 Bookmark

एजेन्सी – बार्सिलोना छाडेर नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेको झन्डै ५ वर्ष हुन लागिसकेको छ । तर, पनि उनको नाम बार्सिलोनासँग जोडेर आउने क्रम भने रोकिएको छैन । सुरुको केहि समय नेयमार आफै पनि पिएसजीमा खुसी नरहेको बताइन्छ । उनी आफै बार्सिलोना फर्कन चाहेको समाचार सार्वजनिक हुने गरेका थिए ।

कोभिड १९ का कारण त्यो प्रसंग विस्तारै सेलाउँदै गएपनि पूरा अन्त्य भने भएको छैन । बार्सिलोनाले पनि उनलाई फर्काउने सपना अझै देख्न छाडेको छैन । टोलीका सुपर स्टार लियोनल मेस्सीसँग पुनः सँगै खेल्नका लागि भने भएपनि बाज्रिलियन स्टार फर्कनेमा बार्सिलोना आशावादी रहेको छ । यद्दपी बार्सिलोनाको त्यो सपना पूरा हुन दिनका लागि पिएसजी मान्नेवाला भने देखिदैन ।

यद्दपी नेयमारले मेस्सीसँग फेरि खेल्ने चाहना रहेको बारम्बार बताउँदै आएका छन् । त्यस कारण पनि बार्सिलोनाका नवनिर्वाचित अध्यक्ष जोन लापोर्टाले त्यो सम्भव गरेर देखाउने आशा राखिएको छ । तर, पिएसजीले भने नेयमार विक्रीमा नरहेको प्रष्ट पारेको छ । पिएसजी आफै नेयमारसँगको सम्झौता लम्बाउने चाहन्छ । उनीसँगको सम्झौता सन् २०२२ को समरमा सकिदैछ । त्यसका वावजुद पनि बार्सिलानाले हार मानेको छैन ।

यदि पिएसजी र नेयमारबीच नयाँ सम्झौता नभएको खण्डमा फेरि ल्याउन सकिन्छ भन्ने आशा बार्सिलोनाले कायम नै राखेको छ ।
नेयमार पारिश्रमिक कटौंती गरेपनि बार्सिलोनाका लागि तयार हुन सक्ने समाचार पनि यसअघि सार्वजनिक भएको थियो । तर, त्यसका लागि पिएसजीले नेयमारलाई विक्री गर्ने प्रस्ताव सुन्नै चाहेको छैन ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.