default_image

3 years ago

May 3, 2021

बेलको ह्याट्रिकमा टोटेनहमको सानदार जित

एजेन्सी – वेल्स विंगर ग्यारेथ बेलले ह्याट्रिक प्रहार गरेपछि टोटेनहम हट्स्परले इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडमाथि ४-० को जित दर्ता गरेको छ । बेलले पहिलो हाफको ३६ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । सर्ज औरिएरको लामो पासलाई बेलले फ्लिकमार्फत गोल गर्दै खाता खोलेका थिए । दोस्रो हाफको ६१ औं मिनेटमा काउन्टर […]

37 views

0 Bookmark

एजेन्सी – वेल्स विंगर ग्यारेथ बेलले ह्याट्रिक प्रहार गरेपछि टोटेनहम हट्स्परले इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडमाथि ४-० को जित दर्ता गरेको छ ।

बेलले पहिलो हाफको ३६ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । सर्ज औरिएरको लामो पासलाई बेलले फ्लिकमार्फत गोल गर्दै खाता खोलेका थिए । दोस्रो हाफको ६१ औं मिनेटमा काउन्टर अट्याकमा गोल गर्दै बेलले २-० को अग्रता दिलाए ।

६९ औं मिनेटमा उनले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गर्दै ह्याट्रिक पूरा गरे । बेलले सन् २०१८ मा क्लब विश्वकपमा रियल म्याड्रिडका लागि ह्याट्रिक पूरा गरेयता पहिलो पटक एकै खेलमा तीन गोल गरेका हुन् । उनी सिजनको सुरुवातमा रियल म्याड्रिडबाट लोनमा आफ्नो पूर्वक्लब टोटेनहम आएका थिए ।

टोटेनहमका लागि ७७ औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै ४-० को अग्रता दिलाए । खेलको अन्त्यतिर टोटेनहमले अग्रता बढाउने थप अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन ।

यस जितसँगै टोटेनहम अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । टोलीको ३४ खेलमा ५६ अंक छ । वेस्ट ह्याम र लिभरपुल एक खेल कम खेल्दै क्रमश: ५५ र ५४ अंकमा रहेका छन् । चौथो स्थानमा रहेको चेल्सीको ६१ अंक रहेको छ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.