default_image

3 years ago

May 4, 2021

भरानले चेल्सीविरुद्धको खेल गुमाउने

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली डिफेन्डर राफयल भरानले इंग्लिस क्लब चेल्सीविरुद्धको खेल गुमाउने भएका छन् । मस्कलर इन्ज्युरीका कारण भरानले चेल्सीविरुद्धको युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगको खेल गुमाउने पक्का भएको हो । कम्तीमा १० दिन बाहिर रहनुपर्ने भएपछि भरानले ला लिगामा सेभियाविरुद्धको खेल पनि गुमाउने सम्भावना बढेको छ । उनको एमआरई रिपोर्टमा […]

35 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली डिफेन्डर राफयल भरानले इंग्लिस क्लब चेल्सीविरुद्धको खेल गुमाउने भएका छन् । मस्कलर इन्ज्युरीका कारण भरानले चेल्सीविरुद्धको युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगको खेल गुमाउने पक्का भएको हो ।

कम्तीमा १० दिन बाहिर रहनुपर्ने भएपछि भरानले ला लिगामा सेभियाविरुद्धको खेल पनि गुमाउने सम्भावना बढेको छ । उनको एमआरई रिपोर्टमा दाया खुट्टाको मसल्स थोरै च्यातिएको र उनको चोट सामान्य नै रहेपनि उनले यो अवधिमा महत्वपुर्ण खेल गुमाउने भएको हो ।

भरानले स्पेनिस ला लिगामा ओसासुनामाथि २–० को जित निकालेको खेलमा चोट बोकेका थिए । भरानको चोटसँगै रियलको रक्षापङ्ति थप कमजोर बन्ने देखिएको छ । चोटका कारण लुकास भास्क्वेज र ड्यानी कार्भाहल टोलीबाट बाहिरिदा कप्तान सर्जियो रामोस र फर्लान्ड मेन्डी पनि लामो समयदेखि टोली बाहिर रहेका छन् ।

तर, रामोस र मेन्डीले चेल्सीविरुद्ध पूनरागमन गर्ने सम्भावना रहेको छ । उनीहरुले रियलको टोलीसँगै प्रशिक्षण थालेका छन् । दोस्रो लेग चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा बुधबार राति हुनेछ । रियलको मैद्यानमा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।

चेल्सीलाई अवे गोलको फाइदा रहँदा रियललाई फाइनल प्रवेश गर्न कम्तीमा पनि १–० को जितको खाँचो छ । ला लिगाको पनि उपाधि होडमा रहेको रियलको लागि बाँकी चार खेल जित्नुपर्ने दवाव छ । रियलले ला लिगामा सेभियासँगै ग्रानडा, एथलेटिको बिल्वाओ र भिल्लारियलसँग खेल्न बाँकी छ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.