default_image

3 years ago

May 4, 2021

बिल्वाओसँग सेभियाको हार

एजेन्सी – उपाधि होडमा रहेको सेभिया घरेलु मैदानमा एथलेटिको बिल्वाओसँग स्तब्ध बनेको छ । अन्तिम समयमा इनाकी विलियम्सले गोल गरेपछि सेभिया बिल्वाओसँग १–० ले स्तब्ध बनेको हो । रामोन सान्चेज पिजुवान स्टेडियम सेभियामा सोमबार राति भएको खेलमा घरेलु टोली सेभियाले ७४ प्रतिशत बल पोसेसन राखेपनि फिनिसिङमा चुक्दा पराजित हुन पुग्यो । बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर […]

47 views

0 Bookmark

एजेन्सी – उपाधि होडमा रहेको सेभिया घरेलु मैदानमा एथलेटिको बिल्वाओसँग स्तब्ध बनेको छ । अन्तिम समयमा इनाकी विलियम्सले गोल गरेपछि सेभिया बिल्वाओसँग १–० ले स्तब्ध बनेको हो ।

रामोन सान्चेज पिजुवान स्टेडियम सेभियामा सोमबार राति भएको खेलमा घरेलु टोली सेभियाले ७४ प्रतिशत बल पोसेसन राखेपनि फिनिसिङमा चुक्दा पराजित हुन पुग्यो । बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर ८९औं मिनेटमा इनाकी विलियम्सले ओहान सान्सेटको पासमा गोल गर्दै बिल्वाओलाई महत्वपुर्ण ३ अंक दिलाए ।

हारपछि सेभियाको ला लिगा जित्ने सम्भावना जीवितै रहेपनि अबको यात्रा थप कमजोर बनेको छ । चौथो स्थानमा रहेको सेभिया शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग ६ अंकले पछि पर्दा दोस्रो र तेस्रो स्थानको रियल म्याड्रिड र बार्सिलोनासँग ४ अंकले पछि परेको छ । सेभियालाई हराएको बिल्वाओ ४५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

ला लिगामा अब चार राउन्डको खेल बाँकी छ । यस्तो अवस्थामा सेभिया च्याम्पियन बन्न बाँकी सबै खेल आफ्नो पक्षमा पार्नुपर्दा शीर्ष टोलीहरुले अंक गुमाउनुपर्ने हुन्छ । सेभियाले अब रियल म्याड्रिड, भ्यालेन्सिया, भिल्लारियल र एलाभेससाग खेल्न बाँकी छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.