default_image

3 years ago

May 4, 2021

म्यानचेस्टर सिटी र पीएसजी भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा आज राति इंग्लिस क्लब म्यानचेस्टर सिटीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को आतिथ्यता गदैछ । खेल इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा म्यानचेस्टर सिटी पीएसजीलाई हराउँदै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । पहिलो लेगमा २–१ को […]

59 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा आज राति इंग्लिस क्लब म्यानचेस्टर सिटीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को आतिथ्यता गदैछ ।

खेल इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा म्यानचेस्टर सिटी पीएसजीलाई हराउँदै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । पहिलो लेगमा २–१ को अवे जित पाएको सिटीलाई फाइनलमा प्रवेश गर्न बराबरीको नतिजा नै पर्याप्त हुनेछ । पीएसजीसँग १–० को हारले पनि सिटी फाइनलमा पुग्नेछ ।

अवे दुई गोल र घरेलु मैदानमा हुने खेलका कारण सिटी उच्च मनोवलका साथ मैदानमा उत्रनेछ । टोलीसँग केभिन डि ब्रुयन, रियाद महारेज, फिल फोडेन, रोड्री, इल्केए गुन्डोगान, बर्नार्डाे सिल्भा, रुवेन डियास, जोन स्टोन्स, केल वाल्कर, जोओ क्यान्सिलो र गोलरक्षक इडर्सन मोराएस रहेका छन् ।

यस्तै सर्जियो अगुइरो, गाब्रियल जेसस, रहिम स्टर्लिङ, फर्नान्डिन्हो, नाथन एके, एमेरिक लापोर्टा र बेन्जामिन मेन्डीपनि टोलीमा रहेका छन् । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले च्याम्पियन्स लिगको फाइनलमा पुग्ने अवसरलाई कुनै हालतमा गुमाउन नहुने बताएका छन् । आफ्ना खेलाडीहरु संयमित भएर मैदान उत्रनुपर्ने र खेलाडीहरुले यो ठूलो लडाइँ हो भनेर बुझ्न जरुरी रहेको प्रशिक्षक ग्वार्डिओलाले बताएका छन् । उनले पिएसजी निकै कठिन प्रतिस्पर्धी रहेको समेत बताएका छन् ।

ग्वार्डिओला सन् २०१६ यता म्यानचेस्टर सिटीको प्रशिक्षक रहेका छन् । उनको प्रशिक्षणमा सिटीले दुईपटक प्रिमियर लिगको उपाधि जितिसकेको छ । अहिले तेस्रो उपाधिको संघारमा छ । तर, सिटीले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन । अहिलेसम्म सिटी फाइनलमा पनि पुग्न सकेको छैन । ग्वार्डिओलालेले स्पेनिस क्लब बार्सिलोनाको प्रशिक्षक छँदा दुईपटक च्याम्पियन्स लिग जितेका थिए ।

यता, साविक उपविजेता पीएसजी पनि घरेलु टोलीलाई पराजित गर्दे लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको फाइनलमा पुग्ने दाउमा हुनेछ । घरेलु मैदानमा पहिलो लेगमा सुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा पीएसजी पहिलो लेगमा पछि परेको थियो । पीएसजीलाई फाइनलमा प्रवेश गर्न कम्तीमा पनि २–० को जितको खाँचो छ । पीएसजी पूनरागमनमा विश्वास गर्दै फाइनल पुग्ने दाउमा छ ।

टोलीसँग ब्राजिली फरवार्ड नेयमार, फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पे, एन्जल डि मारिया, मार्काे भेराट्टी, ड्यानियल पारेडेस, कप्तान मार्किन्हस, प्रेसनेल किमपेम्वे, एब्डोउ डियालो, एलेसान्द्रो फ्लोरेन्जी र गोलरक्षक केलर नाभास छन् । यस्तै पाब्लो साराविया, मोउरो इकार्डी, जुलियन ड्राक्सलर, ड्यानिलो पेरेइरा, थिलो केरहर, एन्जल हेरेरा, राफिन्हा र मोइस किन पनि टोलीसँग छ । प्रतिबन्धका कारण इड्रिसा गाना गेये टोलीमा हुनेछैनन् ।

यि दुई टोलीको पछिल्लो तीन भेटमा सिटी दुई खेलमा विजयी भएको छ । पीएसजीले जित हात पार्न सकेको छैन । पछिल्लो दुई खेलमा सिटीले २–१ र १–० को जित निकाल्दा अर्काे खेल २–२ गोलको बराबरीमा सकिएको छ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.