default_image

3 years ago

May 5, 2021

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राती भएको सेमिफाइनलको दोस्रो लेगमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २-० ले पराजित गर्दै समग्रमा ४-१ को जितसँगै सिटी पहिलो पटक फाइनल पुगेको हो । सिटीको जितमा दुवै गोल विंगर रियाद माहरेजले गरे । उनले दुवै हाफमा १-१ […]

119 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राती भएको सेमिफाइनलको दोस्रो लेगमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २-० ले पराजित गर्दै समग्रमा ४-१ को जितसँगै सिटी पहिलो पटक फाइनल पुगेको हो ।

सिटीको जितमा दुवै गोल विंगर रियाद माहरेजले गरे । उनले दुवै हाफमा १-१ गोल गरेका थिए । खेलको दोस्रो हाफमा पिएसजीका एन्जल डी मारियाले रातो कार्ड प्राप्त गरेपछि सिटीको जित थप सहज बनेको थियो । सिटीले अब फाइनलमा चेल्सी र रियल म्याड्रिडको बुधबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।

मंगलबार घरेलु मैदान इतिहास रंगशालामा सिटीले ११ औं मिनेटमा माहरेजको गोलमा अग्रता लिएको थियो । गोलरक्षक एडरसनको लामो प्रहारसँगै सुरु भएको आक्रमणलाई माहरेजले फिनिस गरेका थिए । त्यसअघि केभिन डे ब्रुएनको प्रहार फर्केपछि आएको बललाई माहरेजले प्रहार गरेका थिए ।

खेलको आठौं मिनेटमा नै रेफ्रीले पिएसजीलाई पेनाल्टी दिएपनि भीएआरमा हेर्दा उक्त बल ओलेक्जान्दर जिन्चेन्कोको हातमा नभएर काँधमा लागेको पाइएको थियो । तर त्यसको केहीबेरमा नै पिएसजी १ गोलले पछि पर्यो । १८ औं मिनेटमा पिएसजी कप्तान मार्किन्हसको हेडर क्रसबारमा लाग्दा सिटीको अग्रता कायम नै रहयो ।

युवा फरवार्ड किलियन एमबाप्पे चोटका कारण बेन्चमा नै रहेको खेलमा पिएसजीले खेलमा फर्कने ठूलो अवसर पाएन । दोस्रो हाफको ६३ औं मिनेटमा सिटीले सुन्दर काउन्टर अट्याकमा अग्रता दोब्बर पार्यो । फिल फोडेन र केभिन डे ब्रुएनले वन टु पास खेल्दै बुनेको मुभलाई माहरेजले सहजै फिनिस गर्दै सिटीलाई फाइनलनजिक पुर्याए ।

६९ औं मिनेटमा डी मारियाले रातो कार्ड खाएपछि पोचेटिनोमाथि दबाब थपिएको थियो । डी मारियाले मैदानबाहिर बल गएको अवस्थामा फर्नान्डीन्होलाई जानाजान खुट्टाले हानेपछि रेफ्रीले रातो कार्ड दिएका थिए । ७५ औं मिनेटमा माहरेजको प्रहार मार्किन्हसले रोकेपछि अल्जेरियन विंगर ह्याट्रिकबाट चुके । त्यसको तीन मिनेटपछि नै फोडेनको प्रहार पोस्टमा लाग्दै बाहिरियो ।

सिटी क्लब इतिहासमा नै पहिलो पटक च्याम्पियन्स लिग फाइनल प्रवेश गरेको हो । क्लबले ५१ वर्षमा पहिलो पटक युरोपेली प्रतियोगिताको फाइनल खेल्नेछ । प्रशिक्षक पेप गुआर्डीओला १० वर्षपछि च्याम्पियन्स लिगको उपाधि जित्ने संघारमा पुगेका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.