default_image

3 years ago

May 7, 2021

बार्सिलोनाका युवा स्टार फातीको घुँडाको दोस्रोपटक शल्यक्रिया

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा स्पेनका युवा फरवार्ड अंशु फातीको घुँडाको दोस्रोपटक शल्यक्रिया गरिएको छ । उनको बिहीबार पोर्चुगलको पोर्टाेमा शल्यक्रिया भएको हो । घुँडाको मिनिस्कस इन्ज्युरीका कारण १८ वर्षीय फाती गत नोभेम्वर पहिलो सातादेखि टोली बाहिर रहेका छन् । शल्यक्रिया गर्नुअघि उनले यस विषयमा थुप्रैपटक सल्लाह लिइरहेका छन् । उनको शल्यक्रिया पोर्चुगिज तथा […]

43 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा स्पेनका युवा फरवार्ड अंशु फातीको घुँडाको दोस्रोपटक शल्यक्रिया गरिएको छ । उनको बिहीबार पोर्चुगलको पोर्टाेमा शल्यक्रिया भएको हो ।

घुँडाको मिनिस्कस इन्ज्युरीका कारण १८ वर्षीय फाती गत नोभेम्वर पहिलो सातादेखि टोली बाहिर रहेका छन् । शल्यक्रिया गर्नुअघि उनले यस विषयमा थुप्रैपटक सल्लाह लिइरहेका छन् । उनको शल्यक्रिया पोर्चुगिज तथा युभेन्टसका सुपरस्टार क्रिष्टियानो रोनाल्डोले निकै विश्वास गरेका चिकित्सक डाक्टर नोरोन्हा र डाक्टर कुगाटले गरेका हुन् ।

‘फातीको घुँडाको मिनिस्कसमा चोट छ । तर शल्यक्रिया गर्दै मिनिस्कसलाई हटाउनु फातीका लागि ठूलो चुनौती हुनेछ । मिनिस्कस हटाएको खण्डमा उनको पुरै करियर नै कठिन हुने र जहिलेपनि उनले यसका लागि सावधानी अपनाउनुपर्ने छ ।’ शल्यक्रिया गर्ने चिकित्सकले बताएका छन् ।

फातीको शल्यक्रिया पोर्चुगलमा भएपनि उनको निरिक्षण बार्सिलोनाका डाक्टरले नै गर्ने भएका छन । यसअघिको चोटमा पनि बार्सिलोनाका डक्टरले नै उनको निरिक्षण गरेका थिए ।

फातीकोशल्यक्रिया गर्ने चिकित्सकले राडामेल फाल्काओ, हल्क, एन्जल डि मारिया र आर्जेन रोवेन लगायतको घुँडाको चोटलाई निको पारेका छन् । पोर्टोमा हुने सो शल्यक्रियापछि फाती चाँडै फिट हुदै मैदान फर्कने विश्वास लिइएको छ । तर, उनले ओलम्पिक र युरोकप गुमाउनेछन् । उनी नयाँ सिजनपछि नै मैदान फर्कने सम्भावना छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.