9 years ago
October 24, 2016
भरतपुर
प्रतियोगिताकै बलियो देखिएको मनाङ मस्र्याङ्दी क्लब चितवनमा जारी टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

नारायणगढस्थित क्याम्पाचौरमा सोमबार भएको दोस्रो क्वाटरफाइनल खेलमा चितवन–११ लाई ४–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा प्रवेश गरेको हो । मनाङका लागि खेलको दोस्रो र ६० औं मिनेटमा विदेशी खेलाडी अफिज ओलावालेले गोल गरे भने ३२ औं मिनेटमा विमल राना र ४७ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गरे । उनी खेलको म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा मंगलबार दिउँसो २ः३० बजे हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने प्रचार–प्रसार समितिका संयोजक सिद्धार्थलाल चुकेले जानकारी दिए । हिमालयन पहिलो खेलमा ब्वाइज युनियनलाई जितेर अन्तिम आठमा पुगेको हो भने आर्मी भने बाई पाएर सिधै क्वाटरफाइनल खेल्न आएको हो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]