default_image

3 years ago

May 5, 2021

एन्फा ‘डे’ यो वर्ष पनि स्थगित

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले दोस्रो पटक एन्फा डेको औपचारिक कार्यक्रम स्थगित गरेको छ । एन्फाको वर्तमान कार्यसमितिले हरेक वैशाक २२ गतेलाई एन्फा डेका रुपमा मनाउने परम्पराको सुरुवात गरेपनि एक पटक मात्र कार्यक्रम सम्भव भएको छ । कोरोना भाइरसको दोस्रो लहरमा संक्रमण बढिरहेका बेला निषाधाज्ञा जारी रहेकोले एन्फा डेको औपचारिक पूर्व […]

18 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले दोस्रो पटक एन्फा डेको औपचारिक कार्यक्रम स्थगित गरेको छ । एन्फाको वर्तमान कार्यसमितिले हरेक वैशाक २२ गतेलाई एन्फा डेका रुपमा मनाउने परम्पराको सुरुवात गरेपनि एक पटक मात्र कार्यक्रम सम्भव भएको छ ।

कोरोना भाइरसको दोस्रो लहरमा संक्रमण बढिरहेका बेला निषाधाज्ञा जारी रहेकोले एन्फा डेको औपचारिक पूर्व निर्धारित कार्यक्रम स्थागित गर्नुपरेको एन्फाका प्रवक्ता किरण राईले बुधबार प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छन् । गत वर्ष पनि कोरोनाकै कारण एन्डा डेको औपचारिक कार्यक्रम स्थगित भएको थियो ।

२०७५ वैशाख २२ गते कर्मा छिरिङ शेर्पाको नेतृत्वमा एन्फा कार्यसमिति चयन भएको थियो । एन्फाले पछि त्यसैलाई एन्फा डे माउने सुरु गर्यो । त्यसरी सुरु गरिएको एन्फा डे एन्फाले खेलाडी, पदाधिकारी, पुराना खेलाडीहरुलाई सम्मान गरेको थियो । पहिलो वर्ष जुमानु राई र अनु लामा सम्मानित भएका थिए । एन्फा प्रवक्ता राईले विज्ञप्तीमार्फत खेलप्रेमी, खेलाडी, जिल्ला संघ, क्लब, प्रायोजक, समर्थक र अन्य सम्बन्धित सबैलाई शुभकामना दिएका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.