default_image

3 years ago

May 6, 2021

च्याम्पियन्स लिगको फाइनलमा तेस्रोपटक दुई इंग्लिस टोली

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको फाइनलमा दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सीबीच उपाधि भिडन्त तय भएको छ । चेल्सीले सर्वाधिक १३ पटकको च्याम्पियन स्पेनिस क्लब रियल म्याड्रिडलाई २–० ले तथा समग्रमा ३–१ ले पराजि तगर्दै फाइनलमा सिटीसँगको भेट पक्का गरेको हो । सिटीले साविक उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–० ले […]

54 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको फाइनलमा दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सीबीच उपाधि भिडन्त तय भएको छ । चेल्सीले सर्वाधिक १३ पटकको च्याम्पियन स्पेनिस क्लब रियल म्याड्रिडलाई २–० ले तथा समग्रमा ३–१ ले पराजि तगर्दै फाइनलमा सिटीसँगको भेट पक्का गरेको हो ।

सिटीले साविक उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–० ले तथा समग्रमा ४–१ ले हराउँदै क्लबको ५१ वर्षे इतिहासमा पहिलोपटक फाइनलमा पुग्न सफल भएको थियो । म्यानचेस्टर सिटीले क्लबको इतिहासमा पहिलोपटक च्याम्पियन्स लिगको फाइनल खेल्दा चेल्सीले तेस्रोपटक फाइनल खेल्दैछ ।

फाइनल २९ मेमा टर्कीको इस्तानबुलस्थित एटटर्क ओलम्पिक स्टेडियममा हुनेछ । च्याम्पियन्स लिगको फाइनलमा तेस्रोपटक तथा दुई वर्षको अन्तरमा दोस्रो पटक इंग्लिस क्लब भिड्ने भएको हो । यसअघि २००८ मा म्यानचेस्टर युनाइटेड र चेल्सीले तथा २०१९ मा लिभरपुल र टोटेनहम हटस्परले फाइनलमा प्रतिस्पर्धा गरेका थिए । २००८ मा युनाइटेडले चेल्सीलाई पेनाल्टी सुटआउटमा हराउँदै च्याम्पियन बन्दा २०१९ मा लिभरपुल २–० ले विजयी हुदै च्याम्पियन बनेको थियो ।

स्पेनिस क्लबले च्याम्पियन्स लिगको फाइनलमा तेस्रोपटक (२०००, २०१४ र २०१६) खेलिसकेका छन् । सबै तीनमा रियल म्याड्रिड च्याम्पियन बनेको छ । रियलले २००० मा भ्यालेन्सियालाई हराउँदा २०१४ र २०१६ मा एट्लेटिको म्याड्रिडलाई रहाएको थियो । जर्मन बुन्डेसलिगा टोलीले च्याम्पियन्स लिगको फाइनलमा एकपटक खेलेका छन् । सन् २०१३ मा बायर्न म्युनिखले बोरुसिया डर्टमुन्डलाई २–१ ले पराजित गर्दै च्याम्पियन बनेको थियो ।

पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा पुग्ने नवौं इंग्लिस क्लब बनेको छ । यसअघि आर्सनल, एस्टन भिलला, चेल्सी, लिड्स युनाइटेड, लिभरपुल, म्यानचेस्टर युनाइटेड, नथिङघम फरेस्ट र टोटेनहम हटस्परले फाइनल खेलेका थिए ।

क्याटलान क्लब बार्सिलोनाबाट प्रशिक्षकको रुपमा दुई च्याम्पियन्स लिग जितेको स्पेनिस प्रशिक्षक ग्वार्डिओलाले सिटीबाट च्याम्पियन्स लिग जित्न सके उनी तेस्रोपटक च्याम्पियन्स लिग जिताउने चौथो प्रशिक्षक बन्नेछ ।

तीन पटक च्याम्पियन्स लिग जिताउने प्रशिक्षकमा कार्लाे एन्सेलोटी (दुईपटक एसी मिलान र एकपटक रियल म्याड्रिड), बोव पेइस्ले –तीन पटक लिभरपुल) र जिनेदिन जिदान (तीनपटक रियल म्याड्रिड) रहेका छन् । ग्वार्डिओलाले खेलाडीको रुपमा सन् १९९२ मा बार्सिलोनाबाट च्याम्पियन्स लिग जितेका छन् ।

यता, जर्मन प्रशिक्षक थोमस टुचेल लगातार दुई सिजन आफ्नो प्रशिक्षणमा टोलीलाई फाइनल पुर्‍याउने प्रशिक्षक बनेका छन् । टुचेलले गत सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पहिलोपटक फाइनलमा पुर्‍याएपनि उपाधि जित्नबाट वञ्चित बनेको थियो । पीएसजी गत सिजन जर्मन क्लब बायर्न म्युनिखसँग १–० ले पराजित भएको थियो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.