default_image

3 years ago

May 6, 2021

चेल्सीविरुद्ध कहाँ चुक्यो रियल म्याड्रिड ?

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको सर्वाधिक टोली स्पेनिस क्लब रियल म्याड्रिड इंंग्लिस क्लब चेल्सीसँग सेमिफाइनलको दोस्रो लेगमा पराजित हुँदै बाहिरिएको छ । पहिलो लेगमा १–१ गोलको बराबरी रहँदा दोस्रो लेगमा बुधबार राति २–० ले तथा समग्रमा ३–१ ले पराजित हुँदै रियल सेमिफाइनलबाट बाहिरियो । हुन त यसपटक रियलले सेमिफाइनलसम्म निकै कठिन यात्रा तय गरेको थियो […]

89 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको सर्वाधिक टोली स्पेनिस क्लब रियल म्याड्रिड इंंग्लिस क्लब चेल्सीसँग सेमिफाइनलको दोस्रो लेगमा पराजित हुँदै बाहिरिएको छ ।

पहिलो लेगमा १–१ गोलको बराबरी रहँदा दोस्रो लेगमा बुधबार राति २–० ले तथा समग्रमा ३–१ ले पराजित हुँदै रियल सेमिफाइनलबाट बाहिरियो । हुन त यसपटक रियलले सेमिफाइनलसम्म निकै कठिन यात्रा तय गरेको थियो । चेल्सीसँगको हारसँगै रियलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

जनवरी ३० मा लेभोन्टेसँग २–१ ले पराजित भएपछि रियल १९ खेलसम्म अपराजित थियो । यसक्रममा रियलले १३ जित ६ बराबरीको नतिजा निकालेको थियो । चेल्सीविरुद्ध ३–५–२ को फर्मेसनमा मैदान उत्रिएको रियलका प्रशिक्षक जिदानले अग्रपङ्तिमा चेल्सीका पूर्व फरवार्ड इडेन हाजार्ड र करिम बेन्जेमालाई मौका दिए । भिनिसियस जुनियरलाई राइट विंग ब्याकको रुपमा खेलाएका थिए । जुन भिनिसियसको स्वभाविक पोजिसन होइन ।

चेल्सीविरुद्ध मुख्य रक्षक तथा कप्तान सर्जियो रामोस समेत फर्किएका थिए । जनवरीपछि पहिलोपटक मैदानमा उत्रिएको रामोस चेल्सीविरुद्ध खरो रुपमा उत्रने सकेनन् । अझ भनौ पाँच महिनापछि रामोसलाई ठूला खेलका निम्ति स्थान दिदा जिदानले मुल्य चुकाउनु पर्यो । भिनिसियसले आफ्नो पोजिसनमा खेल्न नपाउँदा र चोटपछि पूनरागमन गर्दै दोस्रो खेल खेलिरहेका हाजार्डले आफ्नो पूर्व क्लब चेल्सीविरुद्ध स्वभाविक खेल पस्कन सकेनन् ।

चेल्सीविरुद्ध प्रशिक्षक जिदानले केही घाइते खेलाडीलाई टोलीमा समेटे । फेडे भाल्भेर्डे, अल्भारो ओर्डिजोला, रोड्रिगो गोएस, मार्काे एसेन्सियो र मार्सेलो पनि टोलीमा थिए । मार्सेलो र ओर्डिजोलाले चेल्सीविरुद्ध मौका पाएनन् ।

पहिलो लेगमा पनि जिदानले यही संरचना ३–५–२ प्रयोग गरेका थिए । त्यतिबेला जिदानले बेन्जेमासँग आक्रमणको जिम्मेवारी भिनिसियसलाई दिएका थिए। लगातार उच्च प्रदर्शन गरिरहेका राफयल भरान र ड्यानी कार्भाजल टोलीमा नहुँदा जिदानलाई दवाव थपिएको थियो ।

यति हुँदाहुँदै पनि रियलले घरेलु टोली चेल्सीविरुद्ध ६८ प्रतिशत बल पोसेसन राखेको थियो । चेल्सीका गोलरक्षक इडुआर्ड मेन्डीले सुन्दर बचाउ गर्दा रियल निराश बन्न पुग्यो । बेन्जेमाको दुई सम्भावित गोल प्रयासलाई मेन्दीले सुन्दर बचाउ गर्दै विफल पारेका थिए । रियलका गोलरक्षक थिवाउट कोर्टुवाले पनि आधा दर्जन चेल्सीको प्रहारलाई विफल पारेका थिए ।

च्याम्पियन्स लिगबाट बाहिरिएको रियलको ध्यान अब ला लिगामा हुनेछ । उपाधि होडमा रहेको रियल ला लिगामा ३४ खेलबाट ७४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । रियल शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग २ अंकले पछि छ । समान अंक भएपनि हेड टु हेडमा बार्सिलोना रियलसँग पछि पर्दै तेस्रो स्थानमा रहेको छ ।

रियलले ला लिगामा सेभिया, ग्रानडा, एथलेटिको बिल्वाओ र भिल्लारियलसँग खेल्न बाँकी छ । रियल च्याम्पियन बन्न आफ्नो सबै खेल जित्नुका साथै एट्लेटिको र बार्सिलोनाले अंक गुमाउनुपर्ने हुन्छ ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.