default_image

3 years ago

May 7, 2021

म्यानचेस्टर युरोपा लिगको फाइनलमा

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा इटालियन क्लब रोमासँग ३–२ ले पराजित भएपनि समग्रमा ८–५ को जित निकाल्दै युनाइटेडले फाइनलमा स्थान पक्का गरेको हो । युनाइटेडले पहिलो लेगमा ६–२ को फराकिलो जित निकालेको थियो । दोस्रो लेगमा सफलता हात पारेपनि पहिलो लेगमा भोगेको फराकिलो हारका कारण […]

40 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा इटालियन क्लब रोमासँग ३–२ ले पराजित भएपनि समग्रमा ८–५ को जित निकाल्दै युनाइटेडले फाइनलमा स्थान पक्का गरेको हो ।

युनाइटेडले पहिलो लेगमा ६–२ को फराकिलो जित निकालेको थियो । दोस्रो लेगमा सफलता हात पारेपनि पहिलो लेगमा भोगेको फराकिलो हारका कारण रोमा फाइनलमा पुग्न असमर्थ बन्यो ।

घरेलु मैदानमा बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा रोमाको जितमा इडेन जेको र ब्रायन क्रिसटान्टेले गोल गर्दा एक गोल उपहार पाएको थियो । युनाइटेडका लागि दुवै गोल इडिन्सन काभानीले गरेका थिए ।

रोमामा भएको खेलमा युनाइटेडले खेलको ३९औं मिनेटमा इडिन्सन काभानीको गोलबाट पहिलो हाफमा १–० को अग्रता लिएका थियो । उनले एलेक्स टेलासको पासमा गोल गरेका थिए । ५७औं मिनेटमा इडेन जेकोले पेड्रो रोड्रिग्वेजको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसको तीन मिनेटपछि नै ६०औं मिनेटमा ब्रायन क्रिसटान्टेले लोरेन्जो पेलिग्रिनीको पासमा गोल गर्दै रोमालाई २–१ को अग्रता दिलाए । ६८औं मिनेटमा काभानीले ब्रुनो फर्नान्डेसको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ गोलको अवस्थामा ल्याए ।

८३औं मिनेटमा एलेक्स टेलासले आत्मघाती गोल गरेपछि रोमाले खेल ३–२ ले जित्न सफल भयो । युनाइटेडले उपाधिका लागि २७ मेमा स्पेनिस क्लब भिल्लारियलसँग प्रतिस्पर्धा गर्नेछ । भिल्लारियलले इंग्लिस क्लब आर्सनलाई हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.