default_image

3 years ago

May 7, 2021

आर्सनललाई पन्छाउँदै भिल्लारियल फाइनलमा

एजेन्सी – इंग्लिस प्रतिद्धन्द्धी आर्सनललाई पाखा लगाउँदै स्पेनिस क्लब भिल्लारियलले युरोपा लिगको फाइनलमा स्थान बनाएको छ । बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेग गोलरहित बराबरीमा टुंगिएपनि पहिलो लेगमा पाएको २–१ को जित नै भिल्लारियललाई फाइनलमा पुग्न पर्याप्त बन्यो । भिल्लारियलले गत साता घरेलु मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा २–१ को जित दर्ता गरेको थियो । […]

45 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रतिद्धन्द्धी आर्सनललाई पाखा लगाउँदै स्पेनिस क्लब भिल्लारियलले युरोपा लिगको फाइनलमा स्थान बनाएको छ ।

बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेग गोलरहित बराबरीमा टुंगिएपनि पहिलो लेगमा पाएको २–१ को जित नै भिल्लारियललाई फाइनलमा पुग्न पर्याप्त बन्यो । भिल्लारियलले गत साता घरेलु मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा २–१ को जित दर्ता गरेको थियो ।

इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलमा घरेलु टोली आर्सनलले बल पोसेसनमा पकड बनाएपनि फिनिसिङ गर्न नसक्दा खेल बराबरीमा टुंगियो । भिल्लारियलले पनि गोलका केही सुन्दर अवसर खेर फालेको थियो । अब भिल्लारियलले उपाधिका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । फाइनल २७ मेमा पोल्यान्डमा हुनेछ ।

युनाइटेडले इटालियन क्लब रोमालाई पन्छाउँदै फाइनलमा स्थान पक्का गरेको थियो । बिहीबार राति दोस्रो लेगमा ३–२ ले पराजित भएपनि समग्रमा ८–५ को जित निकाल्दै युनाइटेड फाइनलमा पुग्न सफल भएको थियो । युनाइटेडले पहिलो लेगमा ६–२ को फराकिलो जित निकालेको थियो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.