default_image

3 years ago

May 7, 2021

‘बार्सिलोना नजाने निर्णय सहि भयो’ – मार्टिनेज

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लाउटारो मार्टिनेज अघिल्लो सिजन बार्सिलोना क्लबमा आबद्धताको नजिक पुगेका थिए । त्यसबेला भने आफू पनि बार्सिलोना जानका लागि उत्साहित थिए । तर अहिले उनी इन्टरमा उपाधि जित्दा क्लब नछाड्ने निर्णय सहि रहेको बताउँछन् । ‘साँच्चै म बार्सिलोना जाने नजिक थिएँ,’ उनले भने छन्, ‘मैले लियोनल मेस्सीसँग पनि सल्लाह गरेको थिएँ । […]

48 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लाउटारो मार्टिनेज अघिल्लो सिजन बार्सिलोना क्लबमा आबद्धताको नजिक पुगेका थिए । त्यसबेला भने आफू पनि बार्सिलोना जानका लागि उत्साहित थिए । तर अहिले उनी इन्टरमा उपाधि जित्दा क्लब नछाड्ने निर्णय सहि रहेको बताउँछन् ।

‘साँच्चै म बार्सिलोना जाने नजिक थिएँ,’ उनले भने छन्, ‘मैले लियोनल मेस्सीसँग पनि सल्लाह गरेको थिएँ । तर माग अनुसार अनुबन्ध गर्न उनीहरुलाई आर्थिक समस्या भयो । त्यसैले म यहि बस्ने निर्णयमा पुगे ।’

बार्सिलोनाले उनलाई भित्राउन गरेको त्यो पहिलो प्रयास भने थिएन । बार्सासँग अर्को स्पेनिस सफल टोली रियल म्याड्रिड पनि उनलाई निकै अघि भित्राउने प्रयासमा थियो । ‘त्यसबेला रियलका सान्टियागो सोलारी मेरो खेल हेर्न आएका थिए’, उनले भने, ‘मलाई सम्झौताका लागि प्रस्ताव पनि आएको थियो । तर म तयार भइन । मलाई त्यसबेला टोली परिवर्तन गर्नु ठिक लागेन ।’

युभेन्ट्सको दबदबालाई अन्त्य गर्दै गत साता मात्र मार्टिनेज सम्मलित इन्टरले इटालियन सिरि ए जितेको थियो । एन्टोनियो कोन्टेको प्रशिक्षणमा लामो समयपछि इन्टर लिगको उपाधि जित्न सफल भएको थियो ।

‘म सानो हुँदैबाट सपना देखेको थिए । आफूले खेलेको टोलीका लागि उपाधि जित्न्ने । त्यसैले मैले यहाँ बस्नु ठीक सम्झिएँ र नतिजा यहाँ उपाधि पनि जिते’, उनले भने, ‘यस्तो परिवार र उपाधिको मैले सपना देखेको थिए । त्यो सपना पूरा भएको छ ।’

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.