default_image

3 years ago

May 8, 2021

पीएसजीमाथि लिलको ४ अंकको अग्रता

एजेन्सी – फ्रेन्च लिग वानमा लिलले साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) माथि ४ अंकको अग्रता लिदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । शुक्रबार राति १० खेलाडीमा समेटिएको लेन्सलाई उसकै मैदानमा ३–० ले पराजित गर्दै लिलले शीर्षस्थानमा ४ अंकको अग्रता लिन सफल भएको हो । जितपछि शीर्षस्थानको लिलको ३६ खेलबाट ७९ अंक पुगेको छ […]

57 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वानमा लिलले साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) माथि ४ अंकको अग्रता लिदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

शुक्रबार राति १० खेलाडीमा समेटिएको लेन्सलाई उसकै मैदानमा ३–० ले पराजित गर्दै लिलले शीर्षस्थानमा ४ अंकको अग्रता लिन सफल भएको हो । जितपछि शीर्षस्थानको लिलको ३६ खेलबाट ७९ अंक पुगेको छ । एक खेल कम खेलेको पीएसजीको ७५ अंक छ । पराजित लेन्स ५६ अंक जोडेर छैटौ स्थानमा रहेको छ ।

लेन्समा शुक्रबार राति भएको खेलमा लिलको जितमा बुराक इल्माजले दुई तथा जोनाथान डाभिडले एक गोल गरे । खेलको चौथो मिनेटमा नै बुराक इल्माजको गोलबाट लिलले अग्रता लिएको थियो । ३५औं मिनेटमा क्लेमेन्ट मिचेलिन दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली लेन्स १० खेलाडीमा समेटिदा लिलको जित सहज भएको थियो ।

४०औं मिनेटमा बुरा इल्माजले बोउबाकरी सोउमारीको पासमा व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै लिललाई पहिलो हाफमा २–० ले अघि बढाए । ६०औं मिनेटमा जोनाथन डाभिडल गोल गर्दै लिललाई ३–० को जित दिलाए ।

लिलसँगको हारपछि लेन्सले पाँचौ स्थानमा उक्लने मौका गुमाएको छ । लिग वानमा लिललाई च्याम्पियन बन्न दुई खेलमै जित हात पार्नुपर्नेछ । लिलले सेन्ट इटिएन र एन्जर्ससँग खेल्न बाँकी छ ।

दोस्रो स्थानमा रहेको पीएसजीले रेनिस, रेइम्स र ब्रेस्टसँग खेल्न बाँकी छ । पीएसजीलाई च्याम्पियन बन्न बाँकी सबै खेलमा जितको साथै शीर्षस्थानको लिलले अंक गुमाउनुपर्नेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.