default_image

3 years ago

May 8, 2021

म्यानचेस्टर सिटीलाई चेल्सीको चुनौती

एजेन्सी – यस सिजनको युइएफए च्याम्पियन्स लिगको फाइनल खेल्ने तय भएको म्यानचेस्टर सिटी र चेल्सीले आज राति इंग्लिस प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दैछ । खेल शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । यि दुई टोलीले २९ मेमा च्याम्पियन्स लिगको फाइनलमा प्रतिस्पर्धा गर्दैछ । सिटी क्लबको ५१ वर्षे इतिहासमा […]

36 views

0 Bookmark

एजेन्सी – यस सिजनको युइएफए च्याम्पियन्स लिगको फाइनल खेल्ने तय भएको म्यानचेस्टर सिटी र चेल्सीले आज राति इंग्लिस प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दैछ ।

खेल शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । यि दुई टोलीले २९ मेमा च्याम्पियन्स लिगको फाइनलमा प्रतिस्पर्धा गर्दैछ । सिटी क्लबको ५१ वर्षे इतिहासमा पहिलोपटक फाइनलमा प्रवेश गर्दा चेल्सीले तेस्रोपटक फाइनल खेल्न लागेको हो ।

सिटीले पीएसजीलाई तथा चेल्सीले रियल म्याड्रिडलाई पराजित गदर्ए फाइनलमा स्थान बनाएको थियो । यि दुई बीचको यो खेललाई च्याम्पियन्स लिगको लागि तयारी अथवा परिक्षणको खेलको रुपमा हेरिएको छ ।

घरेलु मैदानमा हुने खेलमा सिटी चेल्सीलाई हराउँदै उपाधि यात्रालाई थप मजवुत बनाउँने दाउमा हुनेछ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेल स्थगित हुदा सिटीको उपाधि यात्रा लम्विन पुगेको थियो । शीर्षस्थानमा रहेको सिटीको ३४ खेलबाट ८० अंक छ । एक खेल कम खेलेर दोस्रो स्थानमा रहेको युनाइटेडको ६७ अंक छ ।

सिटीसँग रियाद महारेज, रहिम स्टर्लिङ, गाब्रियल जेसस, इल्केए गुन्डोगान, रोड्री, केभिन डि ब्रुयन, बेन्जामिन मेन्डी, एमेरि लोपोर्टा, रुवेन डियास, जोओ क्यान्सिलो र गोलरक्षक इडर्सन मोराएस रहेका छन् । यस्तै फिल फोडेन, फर्नाडिन्हो, बर्नाडो सिल्भा, केल वाल्कर, ओलेक्सान्डर जिन्चेन्को र सर्जियो अगुइरो टोलीमा रहेका छन् ।

चेल्सी पनि सिटीलाई उसकै मैदानमा हराएर तेस्रो स्थानमा उक्लदा सिटीको उपाधि यात्रालाई लम्व्याउने योजनामा हुनेछ । सिटीलाई हराउन सके चेल्सीले लेस्टर सिटीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लनेछ ।

टोलीसँग मासन ग्रीनवुड, काई हाभर्टज, टिमो वेर्नर, क्रिस्टियन पुलिसिस, बेन चिलवेल, जर्गिन्हो, एङ्गोलो कान्टे, सिसर एज्पिलिक्वेटा, एन्टोनियो रुडिगर, थियागो सिल्भा, आन्द्रे क्रिस्टेन्सेन र गोलरक्षक इडुआर्ड मेन्डी रहेका छन् । यस्तै रिस जेम्स, हाकिम जियाच, ओलिभर जिरुउड, मार्काेस अलन्सो, ट्याम्मी अब्राहम र कलुम हड्सन ओडोइ टोलीसँग रहेका छन् ।

यि दुई टोलीको पछिल्लो ३० खेलको नतिजामा सिटी १६ खेलमा विजयी भएको छ । चेल्सीले १० खेल आफ्नो पक्षमा पार्दा ४ खेल बराबरीमा सकिएको छ । चेल्सीले पछिल्लोपटक गत अप्रिलमा एफए कपको सेमिफाइनलमा सिटीलाई १–० ले पराजित गरेको थियो । त्यसअघि सिटीले चेल्सीलाई ३–१ ले पराजित गरेको थियो ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.