default_image

3 years ago

May 8, 2021

बार्सिलोना र एट्लेटिकोको बराबरी

एजेन्सी – उपाधि होडमा रहेको क्याटलान क्लब बार्सिलोना र एट्लेटिको म्याड्रिडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीले दुवै टोलीको उपाधि यात्रामा धक्का लाग्दा यसको फाइदा रियल म्याड्रिडलाई पुगेको छ । बराबरीपछि शीर्षस्थानमा रहेको एट्लेटिकोको ३५ खेलबाट ७७ अंक पुगेको छ । दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाको ७५ अंक पुगेको छ । एक खेल […]

70 views

0 Bookmark

एजेन्सी – उपाधि होडमा रहेको क्याटलान क्लब बार्सिलोना र एट्लेटिको म्याड्रिडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीले दुवै टोलीको उपाधि यात्रामा धक्का लाग्दा यसको फाइदा रियल म्याड्रिडलाई पुगेको छ ।

बराबरीपछि शीर्षस्थानमा रहेको एट्लेटिकोको ३५ खेलबाट ७७ अंक पुगेको छ । दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाको ७५ अंक पुगेको छ । एक खेल कम खेलेको रियल म्याड्रिडको ७४ अंक छ । रियलले सेभियालाई हराउन सके शीर्षस्थानमा उक्लने छ । समान ७७ अंक रहेपनि रियल हेड टु हेडमा शीर्षस्थानमा उक्लनेछ ।

क्याम्प नोउमा पहिलो हाफमा पाहुना टोलीले बल पोसेसनमा पकड बनाएपनि फिनिसिङमा चुक्दा अग्रता लिनबाट चुकेको थियो । दोस्रो हाफमा घरेलु टोली बार्सिलोनाले सुधारिएको खेल पस्केपनि फिनिसिङमा चुक्दा खेल बराबरीमा टुंगियो । खेलको तेस्रो मिनेटमा नै थोमस लेमारको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाए ।

१०औं मिनेटमा लुइस सुआरेजको फ्रिकिकलाई गोलरक्षक टेर स्टेगनले सहजै नियन्त्रणमा लिए । २९औं मिनेटमा फ्रान्की डि योङको पासमा एन्टोइन ग्रिजमनको प्रहार फितलो बन्दा गोलरक्षक जान ओब्लाकले सहजै नियन्त्रणमा लिए ।

३३औं मिनेटमा मार्कोेस लोरेन्टेको प्रहारलाई गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाउँदा एट्लेटिको अग्रता लिनबाट चुक्यो । लगत्तै लुइस सुआरेजले मौका पाएपनि सदुपयोग गर्न सकेन । ३७औं मिनेटमा यान्निक कारास्कोको शक्तिशाली प्रहारलाई टेर स्टेगनले बचाउँदै एट्लेटिकोको गोल टारे ।

६२औं मिनेटमा बार्सिलोनाका इलाक्स मोरिवाले सुवर्ण अवसर खेर फाल्दा बार्सिलोना अग्रता लिनबाट चुक्यो । लगत्तै कप्तान लियोनेल मेस्सीको फ्रिकिकलाई जान ओब्लाकले पञ्च गर्दै बचाए ।

७१औं मिनेटमा रोनाल्ड एराउजोले गोल गरेपनि उनी अफसाइड ठहरिदा उनको गोलले मान्यता पाएन । ८५औं मिनेटमा मेस्सी र एन्टोइन ग्रिजमनको समन्वयमा बनेको मुभमा औसमाने डेम्वेलेको फ्रि हेडर बाहिरियो । ९०औं मिनेटमा पेनाल्टी बक्सको ठीक बाहिर मेस्सीको फ्रिकिक पोस्टबाट थोरै बाहिरिदा बार्सिलोना जितबाट वञ्चित बन्यो ।

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.