default_image

3 years ago

May 9, 2021

युभेन्टस र एसी मिलान भिड्दै

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्ष चारको दौडमा रहेको युभेन्टस र एसी मिलानले आज राति प्रतिस्पर्धा गर्दैछ । खेल युभेन्टसको मैदानमा नेपाली समयअनुसार राति १२:३० बजे हुनेछ । चौथो स्थानमा रहेको साविक विजेता युभेन्टस घरेलु मैदानमा हुने खेलमा मिलाललाई हराउँदै शीर्ष चारको सम्भावनलाई थप बलियो बनाउने लक्ष्यमा हुनेछ । युभेन्टस ३४ खेलबाट ६९ अंक […]

61 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्ष चारको दौडमा रहेको युभेन्टस र एसी मिलानले आज राति प्रतिस्पर्धा गर्दैछ । खेल युभेन्टसको मैदानमा नेपाली समयअनुसार राति १२:३० बजे हुनेछ ।

चौथो स्थानमा रहेको साविक विजेता युभेन्टस घरेलु मैदानमा हुने खेलमा मिलाललाई हराउँदै शीर्ष चारको सम्भावनलाई थप बलियो बनाउने लक्ष्यमा हुनेछ । युभेन्टस ३४ खेलबाट ६९ अंक जोडेर चौथो स्थान समान ६९ अंक नै रहेपनि मिलान गोल अन्तरमा पाँचौ स्थानमा छ ।

अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाउन दुवै टोलीलाई यो खेल जित्नपर्ने दबाब छ । एटलान्टा ३४ खेलमा ६९ अंक नै जोड्दै तेस्रो स्थानमा रहँदा दोस्रो स्थानको नेपोलीको ३५ खेलमा ७० अंक छ । लिग विजेता इन्टरले ३५ खेलमा ८५ अंक जोडेको छ ।

युभेन्टससँग सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा, फेडरिको चिइसा,एड्रियन राविओट, जुआन कोर्डाडो, रोड्रिगो बेन्टानकर, एलेक्स सान्द्रो, जर्जियो चिलियानी, म्याथ्थिज डि लेग्ट, डानिलो र गोलरक्षक वजचिएक सिजेस्नी टोलीमा रहेका छन् ।

यता, मिलान पनि घरेलु टोली युभन्टसलाई पराजित गर्दै शीर्ष चारको यात्रालाई जीवितै बनाउने लक्ष्यमा हुनेछ । टोलीसँग भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच, राफयल लियो, हकान कलहानोग्लु, एलेक्सिस साइलमेकर्स, फ्रान्क केइसी, इस्माइल बेनासेर, थियो हर्नान्डेज, फिकायो तोमोरी, डाभिड कालाव्रिया, सिमोन काजिर र गोलरक्षक जियानलुजी डोन्नररुम्मा रहेका छन् ।

यि दुई टोलीको पछिल्लो ३२ भेटमा युभेन्टस २२ खेलमा विजयी भएको छ । मिलानले ६ खेल आफ्नो पक्षमा पार्दा ६ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक युभेन्टसले मिलानलाई उसकै मैदानमा ३–१ ले हराएको थियो ।

अन्य खेल :

जिनोआविरुद्ध सस्सुलो (अपरान्ह ४:१५ बजे)

बेनोभेन्टोविरुद्ध काग्लिएरी (राति ६:४५ बजे)

हेलास भेरोनाविरुद्ध टोरिनो (राति ६:४५ बजे)

पार्माविरुद्ध एटलान्टा (राति ६:४५ बजे)

रोमाविरुद्ध क्रोटोन (राति ९:४५ बजे)

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.