default_image

3 years ago

May 10, 2021

सेभियाविरुद्ध रियल म्याड्रिड हारबाट जोगियो

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल म्याड्रिडले अन्तिम समयमा गोल गर्दै सेभियाविरुद्ध बराबरी गरेको छ । उपाधि भिडन्तमा निकै महत्त्व बोकेको खेलमा इन्ज्युरी समयमा गोल गर्दा खेल २-२ को बराबरीमा सकियो । खेलको २२ औं मिनेटमा फर्नान्डोले गरेको गोलमा पाहुना टोली सेभियाले अग्रता लिएको थियो । फ्रिकिकमा सेभियाले निर्माण गरेको उत्कृष्ट […]

40 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल म्याड्रिडले अन्तिम समयमा गोल गर्दै सेभियाविरुद्ध बराबरी गरेको छ । उपाधि भिडन्तमा निकै महत्त्व बोकेको खेलमा इन्ज्युरी समयमा गोल गर्दा खेल २-२ को बराबरीमा सकियो ।

खेलको २२ औं मिनेटमा फर्नान्डोले गरेको गोलमा पाहुना टोली सेभियाले अग्रता लिएको थियो । फ्रिकिकमा सेभियाले निर्माण गरेको उत्कृष्ट मुभमा गोल सम्भव भएको थियो । सुसोले छोटो फ्रिकिक कप्तान जेसस नाभासलाई दिएपछि उनले दिएको क्रसमा राकीटिचले हेडर गरेका थिए । रकीकिटिचको हेडर पासलाई फर्नान्डोले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रणमा लिँदै गोल गरेका थिए ।

त्यसअघि १२ औं मिनेटमा रियलका लागि करीम बेन्जेमाले गोल गरेपनि त्यसले मान्यता पाउन सकेन । अल्भारो ओड्रीओजोलाको क्रसमा बेन्जेमाले हेडरमार्फत गोल गरेपनि उक्त मुभका क्रममा अल्भारो नै अफसाइड भएको भीएआरले निर्णय दिएको थियो ।

दोस्रो हाफको ५२ औं मिनेटमा लुका मोड्रीचले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक यासिन बोनोले मुस्किलले बचाएका थिए । लगत्तै आएको कर्नरमा रियलले ह्यान्ड भएको भन्दै पेनाल्टीको माग गरेपनि भीएआरमा पेनाल्टी देखिएन ।

६५ औं मिनेटमा भिनिसियसले खेल बराबरीमा ल्याउने सुवर्ण अवसर खेर फाले । टोनी क्रुस र मोड्रीचले निर्माण गरेको मुभमा भिनीसियसले अनमार्क रहेको स्थितिमा ६ यार्ड बक्स भित्रबाट बललाई पोस्टको दिशा दिन सकेनन् । तर त्यसको एक मिनेट नबित्दै रियल खेल बराबरी गर्न सफल रहयो ।

वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मार्को एसेन्सियोले आफू छिरेको एक मिनेट नबित्दै खेल बराबरीमा ल्याए । क्रुसको पासलाई उनले पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमा नै गोलमा परिणत गर्दै उपाधि होडमा फर्काएका थिए ।

७८ औं मिनेटमा खेलले नाटकीय मोड लियो । सेभियाको खराब कर्नरपछि रियलले काउन्टर अट्याक अघि बढाउँदा करीम बेन्जेमालाई गोलरक्षक बोनोले पेनाल्टी क्षेत्रभित्र लडाए । तर रेफ्रीले भीएआरको सहयोग लिँदा सेभियाको कर्नरकै क्रममा रियलका डिफेन्डर इडर मिलिसाओको ह्यान्ड देखिएपछि सेभियाले पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीलाई बार्सिलोनाका पूर्व मिडफिल्डर इभान राकीटिचले गोलमा परिणत गर्दै अग्रता दिलाए ।

त्यसपछि रियलले खेल बराबरी गर्ने केहि अवसर सिर्जना गरेपनि टोली खेलमा फर्कन अन्तिम समयसम्म कुर्नुपर्यो । इन्ज्युरी समयको पाँचौ मिनेटमा टोनी क्रुसले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डर डिएगो कार्लोसलाई लाग्दा गोलरक्षक बोनो झुक्किन पुगे र गोल भएको थियो । त्यसको एक मिनेटपछि नै क्यासेमिरोको प्रहार पोस्टभन्दा थोरैले बाहिरिंदा रियल अप्रत्याशित जित हासिल गर्नबाट चुकेको थियो ।

यस बराबरीले रियलको शीर्षस्थानमा उक्लने प्रयास सफल हुन सकेन । अंक तालिकाको शीर्षस्थानमा एटलेटिको म्याड्रिड ३५ खेलमा ७७ अंक जोड्दै बलियो छ । दोस्रो स्थानको रियल म्याड्रिड र तेस्रो स्थानको बार्सिलोनाको ३५ खेलमा समान ७५ अंक छ । चौथो स्थानमा रहेको सेभियाको ३५ खेलमा ७१ अंक रहेको छ ।

यो पनि पढ्नुहोस : युभेन्टसको मैदानमा मिलानको सानदार जित

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.