default_image

3 years ago

May 10, 2021

पीएसजी बराबरीमा रोकियो

एजेन्सी – साविक विजेता तथा यो सिजन उपाधि होडमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा रेनिससँग बराबरीमा रोकिएको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजीले रेनिससँग १–१ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । रेनिसको मैदान रोआजोन पार्कमा आइतबार राति भएको खेलको पहिलो हाफमा नेयमारको गोलबाट पीएसजीले अग्रता लिएपनि दोस्रो हाफमा […]

41 views

0 Bookmark

एजेन्सी – साविक विजेता तथा यो सिजन उपाधि होडमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा रेनिससँग बराबरीमा रोकिएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजीले रेनिससँग १–१ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । रेनिसको मैदान रोआजोन पार्कमा आइतबार राति भएको खेलको पहिलो हाफमा नेयमारको गोलबाट पीएसजीले अग्रता लिएपनि दोस्रो हाफमा घरेलु टोलीले बराबरी गोल फर्काउन सफल भएको थियो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । ७०औं मिनेटमा सेरोउ गुइरास्सीले बराबरी गोल फर्काए । निर्धारित समयको खेल सकिन ३ मिनेट बाँकी रहँदा प्रेसनेल किमपेम्वे सिधै रातो कार्ड खाँदै मैदानमा बाहिरिएपछि पीएसजीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।

बराबरीपछि पीएसजीको उपाधि यात्रामा धक्का लागेको छ । लिग वानमा दुई खेल बाँकी छदाँ पीएसजी शीर्षस्थानको लिलसँग ३ अंकले पछि परेको छ । लिलको ३६ खेलबाट ७९ तथा पीएसजीको ७६ अंक छ । रेनिस ५५ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

यस्तो अवस्थामा पीएसजीलाई च्याम्पियन बन्न बाँकी दुवै खेलमा जित निकाल्नुका साथै शीर्ष स्थानको लिलले अंक गुमाउनुपर्ने हुन्छ । लिग वानमा अब पीएसजीले रेइम्स र ब्रेस्टसँग खेल्न बाँकी छ । लिलले सेन्ट इटिएन र एन्जर्ससँग खेल्न बाँकी छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.