default_image

3 years ago

May 11, 2021

बर्नलेसँगको हारसँगै फुलहम रेलिगेसनमा

एजेन्सी – घरेलु मैदानमा बर्नलेसँगको हारसँगै फुलहम इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा पर्ने तेस्रो टोली बनेको छ । शीर्ष डिभिजनमा रहिरहने सम्भावना जीवित राख्न जित निकाल्नै पर्ने खेलमा २–० को हार भोगेपछि फुलहम दोस्रो डिभिजनमा घटुवा भएको हो । फुलहम यसै सिजन (२०१९–२०) मा नै प्रिमियर लिगमा बढुवा भएको थियो । तर, फुलहम शीर्ष डिभिजनमा एक […]

39 views

0 Bookmark

एजेन्सी – घरेलु मैदानमा बर्नलेसँगको हारसँगै फुलहम इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा पर्ने तेस्रो टोली बनेको छ । शीर्ष डिभिजनमा रहिरहने सम्भावना जीवित राख्न जित निकाल्नै पर्ने खेलमा २–० को हार भोगेपछि फुलहम दोस्रो डिभिजनमा घटुवा भएको हो ।

फुलहम यसै सिजन (२०१९–२०) मा नै प्रिमियर लिगमा बढुवा भएको थियो । तर, फुलहम शीर्ष डिभिजनमा एक सिजन पनि टिक्न सकेन । त्यसअघि फुलहम २०१८–१९ मा पनि रेलिगेसनमा परेको थियो । तर, एक सिजन पछि नै फुलहम प्रिमियर लिगमा बढुवा हुन सफल भएको थियो ।

फुलहमको रेलिगेसनसँगै प्रिमियर लिगबाट रेलिगेसनमा पर्ने सबै तीन टोलीको टुंगो लागेको छ । यसअघि प्रिमियर लिगबाट वेस्ट ब्रोम र सेफिल्ड युनाइटेड रेलिगेसमनमा परिसकेका छन् । फुलहम रेलिगेसन जोनभन्दा माथि रहेको साउथह्याम्टन र ब्राइटनसँग १० अंकले पछि छ । प्रिमियर लिगको बाँकी तीन खेलमा जित निकालेपनि फुलहमको सम्भावना टर्ने छैन । एक खेल कम खेलेको साउथह्याम्टनको ३७ अंक छ ।

क्राभेन कटेज लन्डनमा सोमबार राति भएको खेलमा बर्नलेको जितमा एस्ले वेस्टवुड र क्रिस वुडले गोल गरे । दुवै गोल पहिलो हाफमा १० मिनेटको अन्तरमा भएको थियो ।

खेलको ३५औं मिनेटमा एस्ले वेस्टवुडले गोल गर्दै बर्नलेलाई अग्रता दिलाए । ४४औं मिनेटमा क्रिस वुडले गोल गर्दै बर्नलेको अग्रता दोब्बर पारे । दोस्रो हाफमा गोल निस्कन नसक्दा पहिलो हाफको दुई गोल नै बर्नलेको जितमा पर्याप्त बन्यो । जितपछि बर्नले ३५ खेलबाट ३९ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.