default_image

3 years ago

May 11, 2021

ला लिगाको उपाधि दौड : सम्पूर्ण जानकारी

एजेन्सी – स्पेनिस ला लिगामा तीन चरणको खेल बाँकी रहँदा उपाधि होड निकै रोमान्चक मोडमा पुगेको छ । शीर्ष ४ टोलीकै गणितीय सम्भावना कायम रहेको अवस्थामा गत साता चारै टोली एक अर्कासँग भिडेका थिए । शनिबार भएको बार्सिलोना र एटलेटिको म्याड्रिडको खेलमा जित हासिल गरे विजेता टोली लिग तालिकाको शीर्ष स्थानमा उक्लने थियो । एटलेटिकोले […]

52 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा तीन चरणको खेल बाँकी रहँदा उपाधि होड निकै रोमान्चक मोडमा पुगेको छ । शीर्ष ४ टोलीकै गणितीय सम्भावना कायम रहेको अवस्थामा गत साता चारै टोली एक अर्कासँग भिडेका थिए ।

शनिबार भएको बार्सिलोना र एटलेटिको म्याड्रिडको खेलमा जित हासिल गरे विजेता टोली लिग तालिकाको शीर्ष स्थानमा उक्लने थियो । एटलेटिकोले त लगभग लिग उपाधि नै पक्का गर्ने थियो । तर खेल बराबरीमा सकिएपछि दुवै टोलीले फाइदा उठाउन पाएनन् । यो नतिजाले रियल म्याड्रिडलाई भने शीर्षस्थानमा उक्लने अवसर दियो ।

तर आइतबार भएको खेलमा सेभियासँग हारबाट जोगिएपनि रियलले भरपुर फाइदा उठाउन सकेन । बराबरीले रियल दोस्रो स्थानमा भने पुग्यो । अब रियलले उपाधि जित्न एटलेटिकोको खराब नतिजाको प्रतीक्षा गर्नुपर्नेछ । बार्सिलोनालाई भने दुवै म्याड्रिड टोलीको खराब नतिजाको आवश्यकता छ ।

लिग उपाधि समीकरणमा यसपटक हेड टु हेडको नतिजा पनि महत्त्वपूर्ण हुन सक्छ । अंक बराबरी भएमा हेड टु हेडले उपाधि निर्धारण गर्नेछ । र बार्सिलोना दुवै म्याड्रिड टोलीसँग हेड टु हेडमा पछि छ । यसले गर्दा अन्य दुई टोलीको तुलनामा बार्सिलोनाको सम्भावना कम छ । रियल र एटलेटिकोको समान अंक भएमा भने रियल नै शीर्षस्थानमा रहनेछ ।

बार्सिलोनाले अब लिगमा लेभान्ते, सेल्टा भिगो र रेलिगेसनमा परिसकेको एइबारसँग खेल्न बाँकी छ । रियल म्याड्रिडले ग्रानडा, एथ्लेटिक बिल्बाओ र भिल्लारियलसँग खेल्दैछ । एटलेटिकोले रियल सोसीडाड, ओसासुना र रियल भालाडोलिडको सामना गर्नेछ । तुलनात्मक रुपमा रियलको खेल कठिन प्रतिद्वन्द्वीसँग छ । अन्तिम दुई चरणका खेल भने एकै समयमा हुनेछ ।

अंक तालिकामा एटलेटिको म्याड्रिड ७७ अंकसहित शीर्ष स्थानमा छ । रियल र बार्सिलोनाको समान ७५ अंक रहेको छ । लिगमा एक चरणको खेल उथलपुथल हुँदा पनि उपाधि समीकरणमा परिवर्तन आउने देखिन्छ ।

एटलेटिकोको बाँकी खेल :

मे १२ : विरुद्ध रियल सोसीडाड घरेलु खेल : मध्यरात १:४५ (मे १३ विहान)

मे १६ : ओसासुनाविरुद्ध घरेलु खेल : रातको १०:१५ बजे

मे २३ : रियल भालाडोलिडविरुद्ध अवे खेल : रातको ९:४५ बजे

रियलको बाँकी खेल :

मे १३: ग्रानडाविरुद्ध अवे खेल : मध्यरात १:४५ बेज (मे १४ क विहान)

मे १६ : एथ्लेटिक बिल्बाओविरुद्ध अवे खेल : रातको १०:१५ बजे

मे २३ : भिल्लारियलविरुद्ध घरेलु खेल : रातको ९:४५ बजे

बार्सिलोनाको बाँकी खेल :

मे ११ : लेभान्तेविरुद्ध अवे खेल : मध्यरात १:४५ बजे (मे १२को विहान)

मे १६: सेल्टा भिगोविरुद्ध घरेलु खेल : रातको १०:१५ बजे

मे २३ : एइबारविरुद्ध अवे खेल : रातको ९:४५ बजे

यो पनि पढ्नुहोस : युभेन्टसलाई सिरी ए बाट निष्कासनको चेतावनी

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.