default_image

3 years ago

May 11, 2021

बार्सिलोनालाई शीर्षस्थानमा उक्लने अवसर

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न ३ खेलमा प्रतिस्पर्धा हुदा उपाधि दौडमा रहेको क्याटलान क्लब बार्सिलोनाले लेभान्टेको सामना गर्दैछ । बार्सिलोना र लेभान्टेबीचको खेल लेभान्टेको मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । लेभान्टेलाई उसकै मैदानमा हराउँदै बार्र्सिलोना ला लिगाको शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । लेभान्टेलाई हराउन सके तेस्रो स्थानमा रहेको बार्सिलोनाले कम्तीमा […]

46 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न ३ खेलमा प्रतिस्पर्धा हुदा उपाधि दौडमा रहेको क्याटलान क्लब बार्सिलोनाले लेभान्टेको सामना गर्दैछ ।

बार्सिलोना र लेभान्टेबीचको खेल लेभान्टेको मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । लेभान्टेलाई उसकै मैदानमा हराउँदै बार्र्सिलोना ला लिगाको शीर्षस्थानमा उक्लने दाउमा हुनेछ ।

लेभान्टेलाई हराउन सके तेस्रो स्थानमा रहेको बार्सिलोनाले कम्तीमा एक दिन शीर्षस्थानको एट्लेटिको म्याड्रिड र रियल म्याड्रिडलाई पछि पार्दै शीर्षस्थानमा कब्जा जमाउनेछ । बराबरीले दोस्रो स्थानमा उक्लदा हारले तेस्रो स्थानमै सीमित रहनेछ ।

३५औं चरणको खेल सकिदा एट्लेटिको ७७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ७५ अंक भएपनि हेड टु हेडमा रियल दोस्रो तथा बार्सिलोना तेस्रो स्थानमा रहेको छ । सेभिया ७१ अंक जोडेर चौथो स्थानमा रहेको छ । एट्लेटिको, रियल र बार्सिलोना पाधिको होडमा रहँदा सेभियाको गणितीय सम्भावना छ ।

अघिल्लो खेलमा शीर्षस्थानको एट्लेटिकोसँग गोलरहित बराबरी खेलेको बार्सिलोना लेभान्टेलाई हराउँने लक्ष्यमा हुनेछ । टोलीसँग कप्तान लियोनेल मेस्सी, एन्टोइन ग्रिजमन, जोर्डी अल्वा, पेड्री, इलाक्स मोरिवा, सर्जी रोबर्टाे, फ्रान्की डि योङ, क्लेमेनट लेङ्लेट, जेरार्ड पिके, रोनाल्ड एराउजो र गोलरक्षक मार्क आन्दर टेर स्टेगन रहेका छन् । यस्तै औसमाने डेम्वेले र ओस्कार मिगुएजा टोलीमा रहँदा टाउकोमा चोट बोकेका मिडफिल्डर सर्जियो बुस्क्वेट्सले खेल्ने सम्भावना न्युन छ ।

यता, लेभान्टे पनि बार्सिलोनालाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । लेभान्टे ३९ अंक जोडेर १४औं स्थानमा रहेको छ । टोलीसँग रोजर, जास लुइस मोरालेस, रुवेन रोचिन्हा, रोवर, इनिस बारधी, सन, रुवेन भेजो, कोकी, ओस्कार डुआर्टी र गोलरक्षक डानी कार्डिनास रहेका छन् ।

यि दुई टोलीबीचको पछिल्लो २३ खेलको नतिजामा बार्सिलोना १८ खेलमा विजयी भएको छ । ३ खेल लेभान्टेले आफ्नो पक्षमा पार्दा २ खेल बराबरीमा सकिएको छ । पछिल्लो दुई खेलमा बार्सिलोनाले लेभान्टेलाई हराएको छ । त्यसअघि लेभान्टेले बार्सिलोनालाई ३–१ ले पराजित गरेको थियो ।

अन्य खेलमा ओसासुनाले क्याडिज तथा इल्चेले एलाभेसको सामना गर्दैछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.