default_image

3 years ago

May 12, 2021

भेट्रान गोलरक्षक बुफोनले युभेन्टस छाड्ने!

एजेन्सी – इटालियन क्लब युभेन्टसका भेट्रान गोलरक्षक जियानलुजी बुफोनले सिजनको अन्त्यसँगै युभेन्टस छाड्ने घोषणा गरेका छन् । युभेन्टससँगै उनले व्यवसायिक खेल करियरबाट पनि सन्न्यास लिन सक्ने बुझिएको छ । युभेन्टसमा ४३ वर्षीय भेट्रान इटालियन गोलरक्षक बुफोनको सम्झौता यसै समरको अन्त्यसम्म रहेको छ । र उनले युभेन्टससँग सम्भाmैता नगरी आफ्नो २६ वर्षे व्यवासयिक खेल जीवनबाट सन्न्यास […]

92 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब युभेन्टसका भेट्रान गोलरक्षक जियानलुजी बुफोनले सिजनको अन्त्यसँगै युभेन्टस छाड्ने घोषणा गरेका छन् । युभेन्टससँगै उनले व्यवसायिक खेल करियरबाट पनि सन्न्यास लिन सक्ने बुझिएको छ ।

युभेन्टसमा ४३ वर्षीय भेट्रान इटालियन गोलरक्षक बुफोनको सम्झौता यसै समरको अन्त्यसम्म रहेको छ । र उनले युभेन्टससँग सम्भाmैता नगरी आफ्नो २६ वर्षे व्यवासयिक खेल जीवनबाट सन्न्यास लिन सक्नेछन् ।

बेन स्पोर्ट्ससँग कुरा गर्दै बुफोनले भने, ‘यसवर्ष युभेन्टसमा मेरो अनुभव निश्चित रुपमा अन्त्य हुनेछ । या त म रोकिन्छु या त कुनै भुमिकामा आउन सक्छु ।’ हाल सिरी ‘ए’ को दोस्रो स्थानमा रहेको एटलान्टाले उनलाई अनुबन्ध गर्ने इच्छा देखाएका छन् । एटलान्टाले सिजनको अन्त्यसँगै बुफोनको विषयमा निर्णय लिन सक्नेछन् ।

बुफोन कोचिङ स्टाफको रुपमा सक्ने अनुमान गरिएपछि पछिल्लो समयको घट्नाक्रमले पनि उनी कोचिङ स्टाफको रुपमा नरहन सक्नेछ । साविक विजेतासमेत रहेको युभेन्टसको खराव प्रदर्शन गर्दा यो सिजन पाँचौ स्थानमा रहँदा क्लबका प्रशिक्षक आन्द्रे पिर्लाेलाई अत्याधिक दवावमा रहेको छ । सिजनको अन्त्यसँगै उनी पनि बर्खास्त हुन सक्ने अनुमान गरिएको छ ।

पछिल्लो खेलमा घरेलु मैदानमा एसी मिलानसँग ३–० ले पराजित भएपछि युभेन्टसलाई शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुन पनि दवाव बढेको छ । युभेन्टसलाई शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुन बाँकी रहेको तीन खेलमा जित निकालेर मात्रै पुग्दैन । अरु टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ । युभेन्टसको सस्सुलो, च्याम्पियन बनिसकेको इन्टर मिलान र बोलोग्नासँग खेल्न बाँकी छ ।

बुफोनको बिदाईसँगै युभेन्टसमा उनको दोस्रो सिजनको पनि अन्तय हुनेछ । बुफोन २००१ मा पार्माबाट युभेन्टस पुगेका थिए । उनी २०१८ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका थिए । त्यहाँ एक सिजन फ्रेन्च लिग वान जितेपछि उनी पुनः २०१९ मा युभेन्टस फर्किएका थिए ।

उनले हालसम्म ६८३ खेल खेल्दा ३२२ क्लिन सिट र २१ ट्रफी जितेका छन् । सिरी ‘ए’ मा उनले यो सिजन १२ खेलमा मात्रै मौका पाएका छन् । उनले इटालीको राष्ट्रिय टोलीबाट १७६ क्याप जितेका छन् ।

उनले पार्माबाट समान एक पटक कोपा इटासलिया, सुपर कोपा इटालिया र युइएफए कप जितेका छन् । यस्तै युभेन्टसबाट १० सिरी ‘ए’, १ सिरी ‘बी’, ४ कोपा इटालिया, ६ सुपर कोपा इटालिया र च्याम्पियन्स लिगमा ३ सिजन उपविजेता बन्न सफल भएका थिए । पीएसजीबाट लिग वान र सुपर कप जितेका छन् । इटालीबाट २००६ मा विश्वकप जितेका छन् ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.