default_image

3 years ago

May 12, 2021

रोनाल्डोसँग खेल्ने नेयमारको चाहना!

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन सुपरस्टार फरवार्ड नेयमारले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोसँग सँगै खेल्ने चाहना रहेको बताएका छन् । नेयमारले आफ्नो राय परिवर्तन गर्नु कुनै अपरिचित होइन । यि ब्राजिलियनले फेरि एकपटक त्यस्तै गरेका छन् । पीएसजीमा चौथो सिजन खेलिरहेका नेयमारले धेरैपटक क्याटलान क्लब बार्सिलोनाका अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सीसँग खेल्ने […]

49 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन सुपरस्टार फरवार्ड नेयमारले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोसँग सँगै खेल्ने चाहना रहेको बताएका छन् ।

नेयमारले आफ्नो राय परिवर्तन गर्नु कुनै अपरिचित होइन । यि ब्राजिलियनले फेरि एकपटक त्यस्तै गरेका छन् । पीएसजीमा चौथो सिजन खेलिरहेका नेयमारले धेरैपटक क्याटलान क्लब बार्सिलोनाका अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सीसँग खेल्ने चाहना रहेको बताइरहँदा पछिल्लोपटक इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड रोनाल्डोसँग खेल्ने चाहना व्यक्त गरेका छन् ।

रोनाल्डोको युभेन्टस बसाई शंकास्पद बनिरहेको छ । यो सिजन युभेन्टस सिरी ‘ए’ को पाँचौ स्थानमा रहँदा अर्काे सिजनको च्याम्पियन्स लिगको लागि स्थान बनाउन संघर्ष गरिरहेको छ । च्याम्पियन्स लिगमा छनोट हुन नसके रोनाल्डोले युभेन्टस छाड्न सक्नेछ ।

‘म रोनाल्डोसँग खेल्न चहान्छु ।’ नेयमारले जि क्यु फ्रान्सलाई भने, ‘मैले यस अवधिमा धेरै स्टार खेलाडीसँग खेले । मेस्सी र एमबाप्पे उदाहारण हुन् । तर मैले रोनाल्डोसँग सँगै खेल्न पाएको छैन । उनीसँग खेल्ने मेरो चाहना छ ।’ तर, यो सम्भावना न्युन छ । नेयमारले चाहेर मात्रै हुनेछैन । क्लबले पनि उनलाई अनुबन्ध गर्नुपर्दछ ।

नेयमारको यो मात्रै उनको लक्ष्य होइन । यि पीएसजी स्टार नेयमारले ब्राजिलबाट विश्वकप जित्ने चाहना रहेको समेत बताएका छन् । ‘म विश्वकप जित्न चाहन्छु ।’ नेयमारले भने, ‘यो मेरो ठुलो सपना हो । तर म पीएसजीबाट पनि हरेक उपाधि जित्न चहान्छु ।’ ‘म ३० वर्षको पुगिसकेको छु । म आफ्नो फर्ममा छु ।

नेयमारले यसै साता पीएसजीसँग नयाँ सम्झौता नविकरण गरेपछि बार्सिलोनाले उनलाई पुन अनुबन्ध गर्ने सपना सकिएको छ । नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी मुल्य १९८ मिलियन पाउन्डमा बार्सिलोनाबाट पीएसजी आएका थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.