default_image

3 years ago

May 12, 2021

नेपोलीको सानदार जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोलीले सानदार जित दर्ता गरेको छ । नेपोलीले उडिनेसमाथि ५–१ को फराकिलो जित निकालेको हो । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा नेपोलीको फराकिलो जितमा पिओटर जिलिन्स्की, फावियन, हिर्भिङ लोजानो, जियोभानी डि लोरेन्जो र लोरेन्जो इन्सिग्नेले गोल गरे । उडिनेसका स्टेफानो ओकाका चुकाले एक गोल फर्काए । डिएगो अर्मान्डो […]

28 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोलीले सानदार जित दर्ता गरेको छ । नेपोलीले उडिनेसमाथि ५–१ को फराकिलो जित निकालेको हो ।

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा नेपोलीको फराकिलो जितमा पिओटर जिलिन्स्की, फावियन, हिर्भिङ लोजानो, जियोभानी डि लोरेन्जो र लोरेन्जो इन्सिग्नेले गोल गरे । उडिनेसका स्टेफानो ओकाका चुकाले एक गोल फर्काए ।

डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा घरेलु टोलीले खेलको २८औं मिनेटमा जिलिन्स्कीको गोलबाट अग्रता लिएको थियो । ३१औं मिनेटमा फावियनले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे । ४१औं मिनेटमा स्टेफानो ओकाका चुकाले गोल गरेपछि पहिलो हाफ २–१ मा टुंगिएको थियो ।

५६औं मिनेटा हिर्भिङ लोजानोले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ६६औं मिनेटमा जियोभानी डि लोरन्जोले गोल गरेपछि नेपोली फराकिलो जिततर्फ अग्रसर बन्यो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गर्दै नेपोलीलाई ५–१ को फराकिलो जित दिलाए ।

यो जितसँगै नेपोली ३६ खेलबाट ७३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेका एटलान्टा र एसी मिलानको समान ७२ अंक छ । युभेन्टसको ६९ अंक छ । च्याम्पियन बनिसकेको इन्टर मिलानको ८५ अंक छ । पराजित उडिनेस ४० अंक जोडेर १२औं स्थानमा रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.