default_image

3 years ago

May 12, 2021

एट्लेटिको म्याड्रिडलाई रियल सोसिडाडको चुनौती

एजेन्सी – स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको एट्लेटिको म्याड्रिडले घरेलु मैदानमा आज राति रियल सोसिडाडको आतिथ्यता गर्दै छ । खेल वान्डा मेट्रोपोलिटानोमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा एट्लेटिको रियल सोसिडाडलाई हराउँदै आफ्नो शीर्षतालाई थप पकड बनाउँदै उपाधि यात्रालाई थप मजवुत बनाउन चहान्छ । सोसिडाडलाई हराउन सके एट्लेटिकोले शीर्षस्थानमा […]

48 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको एट्लेटिको म्याड्रिडले घरेलु मैदानमा आज राति रियल सोसिडाडको आतिथ्यता गर्दै छ । खेल वान्डा मेट्रोपोलिटानोमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा एट्लेटिको रियल सोसिडाडलाई हराउँदै आफ्नो शीर्षतालाई थप पकड बनाउँदै उपाधि यात्रालाई थप मजवुत बनाउन चहान्छ । सोसिडाडलाई हराउन सके एट्लेटिकोले शीर्षस्थानमा ४ अंकको अग्रता बनाउनेछ ।

बराबरीमा रोकिएको अवस्थमा शीर्ष स्थानमा २ तथा पराजित भएको अवस्थामा १ अंकको अग्रता मात्रै लिनेछ । एट्लेटिकोको ७७ तथा दोस्रो स्थानमा रहेको बार्सिलोनाको ७६ अंक छ । एक खेल कम खेलेको रियल म्याड्रिडको ७५ अंक छ ।

अघिल्लो खेलमा उपाधि होडमै रहेको क्याटलान क्लब बार्सिलोनासँग गोलरहित बराबरी खेलेपछि शीर्ष टोलीबीच अंक दुरी कम हुदा उपाधि होड थप रोमाञ्चक बनेको छ । यस्तोमा रियल म्याड्रिडले पनि सेभियासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।

रियल सोसिडाडविरुद्ध टोलीसँग लुइस सुआरेज, एन्जल कोरेआ, यान्निक कारास्को, सउल निग्वेज, कोकी, मार्काेस लोरेन्टे, काइरन ट्रिपिएर, मारियो हर्माेसो, फिलिपे, स्टेफन साभिक र गोलरक्षक जान ओब्लाक रहेका छन् । यस्तै जाआओ फेलिक्स, जियोफ्रे कोन्डोग्विया र थोमस लेमार टोलीमा रहेका छन् ।

यता, तालिकाको पाँचौ स्थानमा रहेको रियल सोसिडाड एट्लेटिकोलाई उसकै मैदानमा हराँउदै अर्काे सिजनको युरोपा लिगलाई यात्रा मजवुत बनाउन चहान्छ । युरोपा लिगको दौडमा रियल सोसिडाडसँगै रियल बेटिस र भिल्लारियल रहेका छन् । रियल सोसिडाड ५६ अंक जोडेर पाँचौ स्थानमा छ ।

टोलीसँग मिकेल ओयरजावाल, एलेक्सान्डर इसाक, mित्रस्टियन पोर्टु, डेभिड सिल्भा, एन्डर गुभारा, मार्टिनजुविमेन्डी, नाचो मोनरियल, रोविन ले नोर्मान्ड, आर्टिज इलुसटोन्डो, जोसेवा जल्डुआ र गोलरक्षक एलेक्स रेमिरो रहेका छन् ।

यि दुई टोलीको पछिल्लो २२ भेटमा एट्लेटिको १५ खेलमा विजयी भएको छ । ५ खेल सोसिडाले आफ्नो पक्षमा पार्द २ खेल बराबरीमा सकिएको छ । पछिल्लो खेलमा एट्लेटिकोले सोसिडाडलाई २–० ले हराएको थियो ।

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.