default_image

3 years ago

May 13, 2021

युभेन्टसको जितमा रोनाल्डोको कीर्तिमान

एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले इतिहास रचेको खेलमा इटालियन सिरी ए अन्तर्गत युभेन्टसले सहज जित दर्ता गरेको छ । सासुओलोविरुद्ध खेलमा गोल गर्दै रोनाल्डोले युभेन्टसका लागि १ सय गोल पूरा गरे । रोनाल्डोले यो उपलब्धि हासिल गर्न सबैभन्दा कम खेल खेलेका हुन् । उनले पहिलो हाफमा नै गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए […]

41 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले इतिहास रचेको खेलमा इटालियन सिरी ए अन्तर्गत युभेन्टसले सहज जित दर्ता गरेको छ । सासुओलोविरुद्ध खेलमा गोल गर्दै रोनाल्डोले युभेन्टसका लागि १ सय गोल पूरा गरे ।

रोनाल्डोले यो उपलब्धि हासिल गर्न सबैभन्दा कम खेल खेलेका हुन् । उनले पहिलो हाफमा नै गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए । उनले १ सय गोल पूरा गर्न युभेन्टसको जर्सीमा १ सय ३१ खेल खेले । उनी तीन सिजनभन्दा कम समयमा यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी समेत बने ।

यसअघि युभेन्टसबाट १ सय गोल पूरा गर्न ओमार सिभोरी र रोबर्टो बाजियोले ५ सिजन लगाएका थिए । सन् २०१८-१९ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट आएका रोनाल्डोले तेस्रो सिजनमा नै यो उपाधि हासिल गरेका हुन् ।

यससँगै रोनाल्डो तीन फरक क्लब र राष्ट्रिय टोलीबाट १ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । रोनाल्डोले यसअघि म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडका लागि पनि १ सय गोलको आँकडा पार गरिसकेका छन् ।

रोनाल्डोसँगै अर्जेन्टिनी स्टार पाउलो डिबालाले पनि सासुओलोविरुद्ध नै क्लबका लागि १ सय गोल पूरा गरे । उनी क्लबका लागि यो उपलब्धि हासिल गर्ने युरोपबाहिरका पहिलो खेलाडी पनि हुन् ।

युभेन्टसले खेलमा भने सासुओलोलाई ३-१ ले पराजित गर्यो । २८ औं मिनेटमा एड्रीएन राबिओटको गोलमा अघि बढेको युभेन्टसले अन्तिम मिनेटमा रोनाल्डोको गोलमा अग्रता दोब्बर पारेको थियो । दोस्रो हाफको ५९ औं मिनेटमा जियाकोमो रास्पदोरीले एक गोल फर्काएपनि डिबालाले ६६ औं मिनेटमा गोल गर्दै जित पक्का गरेका थिए ।

जितका बाबजुद युभेन्टस अंक तालिकाको पाँचौ स्थानमा नै कायम छ । टोलीको ३६ खेलमा ७२ अंक छ । च्याम्पियन्स लिगको दौडमा रहेका अन्य क्लबले पनि जित हासिल गर्दा युभेन्टसले माथि उक्लन सकेन । एटलान्टा र एसी मिलानको समान ७५-७५ अंक तथा नेपोलीको ७३ अंक रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.