default_image

3 years ago

May 13, 2021

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको लन्डन क्लब चेल्सीले घरेलु मैदानमा अर्काे लन्डन क्लब आर्सनलसँग हार बेहोरेको छ । लन्डन डर्वीको खेलमा आर्सनलले १–० ले बाजी मारेको हो । आर्सनलको जितमा पहिलो हाफमा इमिल स्मिथ रोवीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १६औं मिनेटमा पिएरे इमरिक औवामियाङको पासमा गोल […]

62 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको लन्डन क्लब चेल्सीले घरेलु मैदानमा अर्काे लन्डन क्लब आर्सनलसँग हार बेहोरेको छ । लन्डन डर्वीको खेलमा आर्सनलले १–० ले बाजी मारेको हो ।

आर्सनलको जितमा पहिलो हाफमा इमिल स्मिथ रोवीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १६औं मिनेटमा पिएरे इमरिक औवामियाङको पासमा गोल गरेका थिए । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा ६८ प्रतिशत बल पोसेसन राखेपनि चेल्सी अग्रपङ्तिमा चुक्दा पराजित हुन पुग्यो ।

हारपछि चेल्सी ३६ खेलबाट ६४ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा आर्सनल ५५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । समान ५५ अंक रहेपनि एभर्टन गोल अन्तरमा पछि छ ।

चेल्सीले एफए कपको फाइनललाई ध्यानमा राख्दै पहिलो रोजाईका गोलरक्षक इडआर्ड मेन्डीसँगै टिमो वेर्नरलाई बेञ्चमा राखेको थियो । चेल्सीले शनिबार राति एफको कपको फाइनलमा लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।

त्यसपछि चेल्सीले प्रिमियर लिगमा लेस्टर सिटी र एस्टन भिल्लासँग खेल्दै प्रिमियर लिग अन्त्य गर्दा २९ मेमा च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.