default_image

3 years ago

May 13, 2021

पीएसजी फ्रेन्च कपको फाइनलमा

एजेन्सी – पेनाल्टी सुटआउटमा जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप (कप डि फ्रान्स) को फाइनलमा प्रवेश गरेको छ । पीएसजीले लिग वान प्रतिद्धन्द्धी मोन्टपेलिएरलाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै फाइनलमा पुग्न सफल भएको हो । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि सिधै भएको पेनाल्टी सुटआउटमा पीएसजीले बाजी मारेको हो । पेनल्टीमा पीएसजीका एन्जल […]

42 views

0 Bookmark

एजेन्सी – पेनाल्टी सुटआउटमा जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप (कप डि फ्रान्स) को फाइनलमा प्रवेश गरेको छ । पीएसजीले लिग वान प्रतिद्धन्द्धी मोन्टपेलिएरलाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै फाइनलमा पुग्न सफल भएको हो ।

निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि सिधै भएको पेनाल्टी सुटआउटमा पीएसजीले बाजी मारेको हो । पेनल्टीमा पीएसजीका एन्जल डि मारिया, जुलियन ड्राक्सलर, लियान्द्रो ड्यानियल पारेडेस, मार्किन्हस, नेयमार र मोइस किनले गोल गरे ।

मोन्टपेलिएरका तेजी साभिनिएर, एन्डी डिलर्ट, स्टेफी माभीडिडि, मिहाइलो रिस्टिक र गाइटान लाबोर्डेले गोल गर्दा जुनियर साम्वियाले अन्तिम पेनाल्टी चुकाएका थिए ।

त्यसअघि मोन्टपेलिएरमा बुधबार राति भएको खेलमा केलियन एमबाप्पेको गोलबाट खेलमा दुईपटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । १०औं मिनेटमा एमबाप्पेको गोलबाट पीएसजीले अग्रता लिएको थियो । उनले इड्रिसा गाना गुआइको पासमा गोल गरेका थिए ।

४५औं मिनेटमा गाइटान लाबोर्डेले जोर्डन फेरीको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५०औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै पीएसजीलाई खेलमा पुनः अग्रता दिलाए । ८३औं मिनेटमा एन्डी डिलर्टले गाइटान लाबोर्डेको पासमा गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा धकेले ।

अब पीएसजीले उपाधिका लागि मोनाको र जिएफए रुमिलली भाल्लीरेससँग १९ मेमा प्रतिस्पर्धा गर्नेछ । यि दुई टोलीले आज राति प्रतिस्पर्धा गर्दैछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.