default_image

3 years ago

May 13, 2021

इन्टर मिलानले रोमालाई हरायो

एजेन्सी – यो सिजनको इटालियन सिरी ‘ए’ च्याम्पियन बनिसकेको इन्टर मिलानले रोमामाथि सहज जित दर्ता गरेको छ । घरेलु मैदानमा इन्टरले रोमालाई ३–१ ले पराजित गरेको हो । मिलानो इटालीमा बुधबार राति भएको खेलमा इन्टरको जितमा मार्सेलो ब्रोजोभिक, माटियस भिसिनो र रोमेलु लुकाकुले गोल गरे । रोमाका हेनरिक मिख्टरयानले एक गोल फर्काए । खेलको ११औं […]

46 views

0 Bookmark

एजेन्सी – यो सिजनको इटालियन सिरी ‘ए’ च्याम्पियन बनिसकेको इन्टर मिलानले रोमामाथि सहज जित दर्ता गरेको छ । घरेलु मैदानमा इन्टरले रोमालाई ३–१ ले पराजित गरेको हो ।

मिलानो इटालीमा बुधबार राति भएको खेलमा इन्टरको जितमा मार्सेलो ब्रोजोभिक, माटियस भिसिनो र रोमेलु लुकाकुले गोल गरे । रोमाका हेनरिक मिख्टरयानले एक गोल फर्काए ।

खेलको ११औं मिनेटमा मार्सेलो ब्रोजोभिकको गोलबाट मिलानले अग्रता लिएको थियो । उनले माटियो डार्मिएनको पासमा गोल गरेका थिए । २०औं मिनेटमा माटियस भिसिनोले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । ३१औं मिनेटमा हेनरिक मिख्टरयानले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ९०औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै इन्टरलाई ३–१ को जित दिलाए । उनले अचरफ हाकिमीको पासमा गोल गरेका थिए ।

जितपछि इन्टरको ३६ खेलबाट ८८ अंक पुगेको छ । पराजित रोमा ५८ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.