default_image

3 years ago

May 13, 2021

च्याम्पियन्स लिगको फाइनल पोर्चुगलमा हुने

एजेन्सी – यो सिजनको युइएफए च्याम्पियन्स लिगको फाइनल पुनः पोर्चुगलमा हुने भएको छ । गत सिजनको फाइनल फोर अर्थात सेमिफाइनलदेखिको खेल पोर्चुगलमै भएको थियो । पछिल्लोपटक कोभिड भेरियन्टको दोस्रो लहरका कारण टर्कीलाई इंग्ल्यान्ड सरकारले रेड जोनमा राखेपछि फाइनल वेम्वली स्टेडियममा गर्ने प्रस्ताव गरिएपनि सरकारले युरोपियन फुटबल महासंघ (युइएफए) को केही सर्तलाई अस्वीकार गरेपछि खेल पोर्चुगलमा […]

48 views

0 Bookmark

एजेन्सी – यो सिजनको युइएफए च्याम्पियन्स लिगको फाइनल पुनः पोर्चुगलमा हुने भएको छ । गत सिजनको फाइनल फोर अर्थात सेमिफाइनलदेखिको खेल पोर्चुगलमै भएको थियो ।

पछिल्लोपटक कोभिड भेरियन्टको दोस्रो लहरका कारण टर्कीलाई इंग्ल्यान्ड सरकारले रेड जोनमा राखेपछि फाइनल वेम्वली स्टेडियममा गर्ने प्रस्ताव गरिएपनि सरकारले युरोपियन फुटबल महासंघ (युइएफए) को केही सर्तलाई अस्वीकार गरेपछि खेल पोर्चुगलमा सारिएको हो ।
अघिल्लो सिजन पनि टर्कीको इस्तानबुलमै हुने भनिएको फाइनल पोर्चुगलमा सारिएको थियो । युइएफएले यो सिजन पनि टर्कीमै फाइनल आयोजना गर्ने तयारी गरेको थियो ।

युइएफएले ब्रोडकास्टर्स र युइएफएका पदाधिकारीलाई बेलायत प्रवेश गर्दा क्वारेन्टिनको १० दिनको समय कम गर्नुपर्ने भन्दै सर्त राखेको थियो । तर, त्यो सर्तलाई बेलायत सरकारले अस्वीकार गरेपछि फाइनल पोर्चुगलमा सारिएको हो । लगातार दोस्रो वर्ष इस्तानबुलबाट च्याम्पियन्स लिगको फाइनल सर्दा अब भने सन् २०२२ को फाइनल टर्कीमा नै हुने भएको छ ।

२९ मेमा हुने फाइनलमा दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्दैछन् । फाइनल एफसी पोर्टोको मैदानमा हुने सम्भावना छ । गत सिजन लिस्वनमा भएको थियो । पोर्चुगल इंग्ल्याण्डको ग्रीन जोनमा रहेको छ । पोर्चुुगलमा बेलायती समर्थक जान सहज हुनेपनि बताइएको छ । फाइनलका लागि चेल्सी र म्यानचेस्टर सिटीले ६ हजारसम्म टिकट पाउनेछन । फाइनलमा दर्शकलाई मैदानमा राख्ने कुरामा स्वास्थ्य विशेषज्ञले भने आपत्ती जनाएका छन् ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.