default_image

3 years ago

May 14, 2021

जाभी सन् २०२३ सम्म कतारी क्लबमै रहने

एजेन्सी – स्पेन तथा बार्सिलोनाका पूर्व मिडफिल्डर तथा वर्तमान प्रशिक्षक जाभी हार्नान्डेजले कतारी क्लब अल सादसँगको सम्झौता नविकरण गरेका छन् । अब उनी सन् २०२३ सम्म क्लबमा रहनेछन् । स्पेन तथा बार्सिलोनाका पूर्व स्टार जाभीले यसअघि नै नयाँ सम्झौताका लागि यदि बार्सिलोना जान पर्ने अवस्थामा अनुमति राखेको उल्लेख गरिएको बताएको थियो । तर, जाभीले भने […]

32 views

0 Bookmark

एजेन्सी – स्पेन तथा बार्सिलोनाका पूर्व मिडफिल्डर तथा वर्तमान प्रशिक्षक जाभी हार्नान्डेजले कतारी क्लब अल सादसँगको सम्झौता नविकरण गरेका छन् । अब उनी सन् २०२३ सम्म क्लबमा रहनेछन् ।

स्पेन तथा बार्सिलोनाका पूर्व स्टार जाभीले यसअघि नै नयाँ सम्झौताका लागि यदि बार्सिलोना जान पर्ने अवस्थामा अनुमति राखेको उल्लेख गरिएको बताएको थियो । तर, जाभीले भने त्यो दाबीलाई अस्वीकार गरेका छन् ।

‘यो सत्य होइन । अल सादसँग मेरो दुई वर्षको सम्झौता रहेको छ । र म सम्झौताको सम्मान गर्छु,’ उनले भने, ‘त्यस्तै हाम्रा बीचमा जसरी छलफल भयो त्यसमा पनि म सबैको सम्मान गर्दछु ।’

कतारले अर्को वर्ष विश्व कप फुटबल आयोजना गर्दैछ । कम्तीमा त्यति बेला सम्म जाभी त्यहि रहन चाहेको बताइएको छ । युरोपका थुप्रै शीर्ष क्लबले जाभीलाई लिन चाहेपनि उनी भने कतारी क्लबमै रहन चाहेका छन् । २०१९ देखि उनी अल सादको मुख्य प्रशिक्षकका रुपमा काम गरिरहेका छन् ।

गत सिजन नै बार्सिलोनाले जाभीलाई टोलीको मुख्य प्रशिक्षकको रुपमा भित्र्याउन चाहेको थियो । तर उनले आफू त्यस जिम्मेवारीका लागि अझै तयार नरहेको बताउँदै पन्छिएका थिए । किके सेटिएनले क्याटलान क्लब छाडेपछि जाभीलाई प्रस्ताव आएपनि उनले नमानेपछि रोनाल्ड कोम्यानले जिम्मेवारी लिएका थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.