default_image

3 years ago

May 13, 2021

म्यानचेस्टर र लिभरपुल भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा लिभरपुलको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १ बजे ओल्डट्राफोर्डमा हुनेछ । अघिल्लो साता नै हुनुपर्ने खेल म्यानचेस्टर युनाइटेडका समर्थकले आइतबार लिभरपुलविरुद्ध खेलअघि मैदानभित्र नै पसेर क्लबका मालिक ग्लेजर परिवारविरुद्ध नाराबाजी गरेपछि खेल स्थगित भएको थियो । यो खेलका लागि युनाइटेडले टप सेक्रेट […]

26 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा लिभरपुलको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १ बजे ओल्डट्राफोर्डमा हुनेछ ।

अघिल्लो साता नै हुनुपर्ने खेल म्यानचेस्टर युनाइटेडका समर्थकले आइतबार लिभरपुलविरुद्ध खेलअघि मैदानभित्र नै पसेर क्लबका मालिक ग्लेजर परिवारविरुद्ध नाराबाजी गरेपछि खेल स्थगित भएको थियो । यो खेलका लागि युनाइटेडले टप सेक्रेट अपरेसनको सुरुवात गरेको छ । सुरक्षा खतरा नहोस भनेर सबैलाई विशेष रुपमा चेतावनी पनि दिइएको छ ।

लिभरपुलसँगको खेलका लागि पनि सुरक्षा ब्यवस्था निकै कडा पारिने बताइएको छ । अघिल्लो पटकको जस्तो कुनैपनि घटना नदोहोरीनका लागि पुलिसले पनि खेलको अगाडी र पछाडी सुरक्षा ब्यवस्था कडा पार्ने बताइएको छ । युनाइटेडले अघिल्लो घटनापछि वल्ड ट्राफोर्डको पर्खाललाई १० फिट अग्लो बनाएर स्टिलको रेलिङ पनि लगाएको छ । यस्तै स्टेडिमको वरिपरी पुलिसको सक्रियतालाई पनि बढाएको छ ।

घरेलु मैदानमा हुने खेलमा अर्काे सिजनको च्याम्पियन्स लिगलाई छनोट भइसकेको युनाइटेड लिभरपुललाई हराउने लक्ष्यमा हुनेछ । टोलीसँग इडिन्सन काभानी, फ पोग्वा, ब्रुनो फर्नान्डेस, मार्कुस रासफोर्ड, फ्रेड, स्कट म्याकटोमिने, लुका सा, इरिक बेइली, भिक्टर लिन्डेलफ, आरोन वान विशाखा र गोलरक्षक डिन हेन्डरसन रहेका छन् ।

यता, लिभरपुल युनाइटेडलाई हराउँदै अर्काे सिजनको युरोपा लिगलाई छनोट हुने सम्भावना जीवित राख्न चहान्छ । युनाइटेडलाई हराउन सके लिभरपुल पाचौ स्थानमा उक्लनेछ । टोली ५७ अंक जोडेर छैटौ स्थानमा रहेको छ ।

टोलीसँग साडियो माने, मोहम्मद सलाह, रोबर्टाे फिर्मिनो, जजिन्हो वाइनाल्डम, फाविन्हो, थियागो अलकान्तरा, एन्ड्रिउ रोबर्टसन, फिलिप्स, टे«न्ट एलक्सान्डर अर्नाेल्ड र गोलरक्षक एलिसन बेकरसँगै डिएगो जोटा, रे विलियम्स पनि टोलीमा रहेका छन् ।

यि दुई टोलीको पछिल्लो २९ खेलको नतिजामा म्यानचेस्टर १३ खेलमा विजयी भएको छ । ८ खेल लिभरपुलले आफ्नो पक्षमा पार्दा ८ खेल बराबरीमा सकिएको छ । पछिल्लो पटक युनाइटेडले लिभरपुललाई एफए कपमा ३–२ ले पराजित गरेको थियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.