default_image

3 years ago

May 14, 2021

सिजन सकिनुअघि नै ट्रान्सफर पक्का भएका खेलाडी र प्रशिक्षक

एजेन्सी – युरोपियन फुटबलको यो सिजन (२०२०–२१) सकिने संघारमा छ । दुई राउन्डको खेल बाँकी रहँदा इंग्लिस प्रिमियर लिग, इटालियन सिरी ‘ए’ र जर्मन बुन्डेसलिगाको उपाधि छिनोफानो भइसक्दा स्पेनिस ला लिगा र फ्रेन्च लिग वानमा अझै को च्याम्पियन बन्ने अझ टुंगो लाग्न सकेको छैन । भनौं लिग चरणको अन्तिम खेलले नै विजेताको टुंगो लगाउनेछ । […]

79 views

0 Bookmark

एजेन्सी – युरोपियन फुटबलको यो सिजन (२०२०–२१) सकिने संघारमा छ । दुई राउन्डको खेल बाँकी रहँदा इंग्लिस प्रिमियर लिग, इटालियन सिरी ‘ए’ र जर्मन बुन्डेसलिगाको उपाधि छिनोफानो भइसक्दा स्पेनिस ला लिगा र फ्रेन्च लिग वानमा अझै को च्याम्पियन बन्ने अझ टुंगो लाग्न सकेको छैन ।

भनौं लिग चरणको अन्तिम खेलले नै विजेताको टुंगो लगाउनेछ । यि त भए यो सिजन क्लबले गरेको प्रदर्शनको आधारमा पाएको नतिजा । अब खेलाडी र प्रशिक्षक अनुबन्धतर्फ लागौं । क्लबले सिजभरमा भएको कमजोरी केलाउँदै (समर ट्रान्सफर र विन्टर ट्रान्सफर) गरी दुई सिजनमा खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ ।

सिजन जारी रहँदै खेलाडी किनबेचको चर्चा चल्नु स्वभाविक नै हो । केही क्लबले सिजनमा आफ्नो कमजोरी देखिएको ठाँउमा अन्य कुनै क्लबमा राम्रो गरिरहेको खेलाडीलाई ट्रान्सफर अघि नै अनुबन्ध गरेपनि सिजन पछि नै खेलाडी सार्वजनिक गर्ने परम्परा रहेको छ । खेलाडी मात्रै होइन प्रशिक्षकमा पनि अनुबन्ध गर्ने होडबाजी चलेको छ । केहीलाई तल प्रस्तुत गरिएको छ । जसले २०२१–२२ को सिजनमा नयाँ क्लबबाट खेल्ने र प्रशिक्षण सम्हाल्नेछन् ।

रुई सिल्भा (गोलरक्षक) – २७ वर्षीय पोर्चुगिज गोलरक्षक फ्रि ट्रान्सफरमा स्पेनिस क्लब ग्रानडाबाट अर्काे स्पेनि टोली रियल बेटिसमा जादैछन् । ग्रानडामा उनका सम्झौता ३० जुनमा सकिनेछ ।

मार्काे डिमिट्रोभिक (गोलरक्षक) – २९ वर्षीय सर्वियन गोलरक्षक मार्काे डिमिट्रोभिक पनि यो सिजनको अन्त्यसँगै एइवरबाट सेभिया जाने पक्का भइसकेको छ । सेभियामा यासिर बोनोले पहिलो रोजाईमा खेलिरहेका छन् । सेभियामा मार्काे र बोनाबीच पहिलो रोजाईको लागि प्रतिस्पर्धा हुनेछ ।

इरिक गार्सिया (सेन्टर ब्याक)– स्पेनिस इरिक गार्सियालाई गत जनवरीमै क्याटलान क्लब बार्सिलोना जाने तय भइसकेपनि उनले चासो देखाएको थिएन । ६ महिनापछि फ्रि एजेन्टमा रहने भएकाले बार्सिलोनाले अतिरिक्त ५ मिलियन युरो खर्चन तयार भएन । तर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले उनी बार्सिलोना जोन पक्का भइसकेको बताएका छन् । २० वर्षीय सेन्टर ब्याक सन् २०१७ मा बार्सिलोना छाडेर सिटी पुगेका थिए ।

डेभिड अलाबा (सेन्टर ब्याक) – अष्ट्रियन सेन्टर ब्याक अलाबा ११ वर्षको बायर्न म्युनिख बसाईलाई अन्त्य गर्दै ट्रान्सफर अघि नै स्पेनिस क्लब रियल म्याड्रिडमा आउन तयार भएका हुन् । सेन्टर ब्याक, राईट, लेफ्ट र सेन्ट्रल मिडफिल्डबाट खेल्ने क्षमता राख्ने २८ वर्षीय अलाबालाई फ्रि एजेन्टमा रियलले गत जनवरीमा सम्झौता गरेको हो । उनलाई सिजनको अन्त्यसँगै रियलले क्लबमा सार्वजनिक गर्नेछ ।

मार्काेस पाउलो (फरवार्ड) – ब्राजिली युवा स्टार मार्काेस पाउलोलाई स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले समर ट्रान्सफर अघि नै ब्राजिली क्लब फ्लुमिनेन्सबाट सम्झौता गरेको हो । १९ वर्षीय पाउलोलाई लुइस सुआरेजको ब्याकअपको रुपमा राखिएको छ । क्लबले उनीसँग २०२६ सम्म सम्झौता गरेको छ ।

एइसा मान्दी (डिफेन्डर) – स्पेनिस क्लब भिल्लारियलले आफ्नो युवा डिफेन्डर पाउ टोरेसले क्लब छाड्ने पक्का भएपछि उनको विकल्पमा रियल बेटिसका अल्जेरियन डिफेन्डर एइसा मान्दीलाई समर ट्रान्सफर अघि नै क्लबमा अनुबन्ध गर्न सफल भएको हो ।

कायकी (विंगर) – १७ वर्षीय कायकीलाई इंग्लिस क्लब म्यानचेस्टर सिटीले अनुबन्ध गरेपनि उनी आगमी जनवरी पछि मात्रै सिटीमा आउनेछन् । सिटीले उनलाई फ्लुमिनेन्सबाट १० मिलियन युरोमा अनुबन्ध गरिएको बुझिएको छ । उनी ब्राजिलको शीर्ष डिभिजन सकिने बित्तिकै इंग्ल्यान्ड आउनेछन् ।

फ्लोरियन थाउभिन (विंगर) – फ्रान्सेली विंगर फ्लोरियन थाउभिनलाई प्रिमियर लिग क्लबहरुले चासो देखाएपनि उनले युरोप बाहिरको मेक्सिकन क्लब टिग्रेस रोजे । मार्सेका विंगरले त्यहाँ आफ्ना पुर्व सहकर्मी आन्द्रे पिएरे जिग्नाकसँग खेल्नेछन् ।

डेअट उपमिकानो (डिफेन्डर) – फ्रान्सेली डिफेन्डर डेअट उपमिकानो जर्मन क्लब आरबी लाइप्जिगबाट जर्मन च्याम्पियन बायर्न म्युनिख जाने पक्का भएको छ । २२ वर्षीय सेन्टर ब्याक उपमिकानोलाई बायर्नले ४३ मिलियन युरो खर्चेको छ । उनले डेभिड अलवाको स्थान लिने छन् ।

जुलियन नागेल्समान (प्रशिक्षक) – ३३ वर्षीय युवा प्रशिक्षक जुलियन नागेल्समान प्रशिक्षकहरुको कीर्तिमानी मुल्यमा जर्मन क्लब आरबी लाइप्जिगबाट जर्मन महारथी बायर्न म्युनिखमा जाने पक्का भएका हुन् । हान्सी फ्लिकले सिजनको अन्त्यससँगै क्लब छाड्ने बताएपछि बायर्न उनलाई २५ मिलियन युरोमा अनुबन्ध गरेको हो ।

जोस मौरिन्हो (प्रशिक्षक) – पोर्चुगिज प्रशिक्षक जोसे मौरिन्हो विश्व फुटबलका हटकेक हुन् । उनले गर्ने हरेक क्रियाकलापले मिडियामा बाक्लै स्थान पाउने गर्दछ । इंग्लिस क्लब टोटेनहम हटस्परले बर्खास्त गरेको दुई साता नबित्दै उनी इटालियन क्लब रोमाको प्रशिक्षक नियुक्त भए । दोस्रो पटक इटाली फर्कदा उनले पाउलो फोन्सेकाको स्थान लिनेछ ।

स्पेनिस पत्रिका मार्काबाट

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.