default_image

3 years ago

May 15, 2021

ब्राजिलियन डिफेन्डरले आर्सनल छाड्ने

एजेन्सी – इंग्लिस क्लब आर्सनलका ब्राजिलियन डिफेन्डर डिफेन्डर डेभिड लुइजले सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् । ३४ वर्षीय डिफेन्डरसँग आर्सनलले सम्झौता नविकरणको प्रयास गरेपनि लुइजले क्लब छाड्ने निर्णय गरेको बताईएको छ । लुइजलाई आर्सनलले २०१९ मा ८ मिलियन पाउण्डमा चेल्सीबाट २ वर्षको लागि सम्झौता गरेका थिए । शुक्रबार सम्झौताको विषयमा छलफल भएपनि छलफल सकरात्मक […]

46 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब आर्सनलका ब्राजिलियन डिफेन्डर डिफेन्डर डेभिड लुइजले सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् ।

३४ वर्षीय डिफेन्डरसँग आर्सनलले सम्झौता नविकरणको प्रयास गरेपनि लुइजले क्लब छाड्ने निर्णय गरेको बताईएको छ । लुइजलाई आर्सनलले २०१९ मा ८ मिलियन पाउण्डमा चेल्सीबाट २ वर्षको लागि सम्झौता गरेका थिए ।

शुक्रबार सम्झौताको विषयमा छलफल भएपनि छलफल सकरात्मक नहुदा क्लबले उनको योगदानलाई धन्यवाद व्यक्त गरेका छन् । पछिल्लोसमय उनी चोटसँग जुधिरहेका छन् । अब आर्सनलले उनको स्थानमा विलियम सालिवालाई पहिलो रोजाईमा खेलाउन सक्नेछ । २० वर्षीय सालिवा गत जनवरीमा फ्रेन्च क्लब निसबाट लोनमा आएका थिए । आर्सनलले उनलाई स्थायी रुपमा क्लबमा अनुबन्ध गर्ने योजना बनाएको छ ।

आर्सनलल छाड्ने निर्णय गरेसँगै उनी आफ्नो पुर्व पोर्चुुगिज क्लब बेन्फिका जाने योजनामा रहेको छ । उनले सन् २०२० मेमा नै आफ्नो खेल करियर आफ्नो पुर्व क्लब बेन्फिकाबाट अन्त्य गर्ने योजना रहेको बताएका छन् । उनले दुई सिजन आर्सनलबाट ७३ खेल खेल्दा ४ गोल गरेका छन् । उनले आर्सनलबाट २०१९–२० मा एफए कप र २०२० मा कम्युनिटी शिल्ड जितेका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.