default_image

3 years ago

May 15, 2021

नेयमार र भिनिसियसलाई समेट्दै ब्राजिली टोली घोषणा

एजेन्सी – कतार फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटको लागि ब्राजिलले २४ सदस्यीय टोलीको घोषणा गरेको छ । ब्राजिलले दक्षिण अमेरिकी छनोटमा जुनमा इक्वेडर र पाराग्वेसँग खेल्दैछ । मुख्य प्रशिक्षक टिटेले स्पेनिस क्लब रियल म्याड्रिडका तीन खेलाडी (क्यासमिरो, इडर मिलिसाओ र भिनि जुनियर) लाई टोलीमा समेटेका छन् । उनीहरुले यो सिजन उच्च प्रदर्शन गरिरहेका […]

113 views

0 Bookmark

एजेन्सी – कतार फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटको लागि ब्राजिलले २४ सदस्यीय टोलीको घोषणा गरेको छ । ब्राजिलले दक्षिण अमेरिकी छनोटमा जुनमा इक्वेडर र पाराग्वेसँग खेल्दैछ ।

मुख्य प्रशिक्षक टिटेले स्पेनिस क्लब रियल म्याड्रिडका तीन खेलाडी (क्यासमिरो, इडर मिलिसाओ र भिनि जुनियर) लाई टोलीमा समेटेका छन् । उनीहरुले यो सिजन उच्च प्रदर्शन गरिरहेका छन् । रियलकै मार्सेलो, फिलिपे र रोड्रिगो टोलीमा पर्न असफल हुदाँ फ्रेडले दुई वर्षपछि राष्ट्रिय टोलीमा पूनरागमन गर्दा रेनान लोडीले पनि टोलीमा समेटिएका छन् ।

यस्त भेट्रान डिफेन्डरद्धय ड्यानी आल्भेस र थियागो सिल्भाले पनि टोलीमा पूनरागमन गरेका छन् । ६ महिना अघि भएको छनोटको दोस्रो खेलमा ब्राजिलले भेनेजुएलालाई १–० ले तथा तेस्रो खेलमा उरुग्वेलाई २–० ले पराजित गरेको थियो ।

त्यसपछि मार्चको लागि तय भएको छनोटका दुई खेल स्थगित हुन पुगेको थियो । मार्चमा ब्राजिलले कोलम्विया र अर्जेन्टिनासँग खेल्ने तालिका थियो । दक्षिण अमेरिकी छनोटमा चार खेलमा शतप्रतिशत जित निकालेको ब्राजिल शीर्षस्थानमा रहेको छ । ब्राजिलले ५ जुनमा इक्वेडर तथा ९ जुनमा पाराग्वेसँग खेल्दैछ ।

ब्राजिली टोली

गोलकिपर – एलिसन बेकर (लिभरपुल), इडर्सन मोराएस (म्यानचेस्टर सिटी) र वेभर्टन (पाल्मेइरस)

डिफेन्डर – ड्यानी आल्भेस (साओ पाउलो), डानिलो (युभेन्टस), एलेक्स सान्द्रो (युभेन्टस), रेनान लोडी (एट्लेटिको म्याड्रिड), थियागो सिल्भा (चेल्सी), इडर मिलिसाओ (रियल म्याड्रिड), मार्किन्हस (पीएसजी) र भेरिससिमो (बेन्फिका)

मिडफिल्डर – क्यासमिरो (रियल म्यड्रिड), फ्रेड (म्यानचेस्टर युनाइटेड), फाविन्हो (लिभरपुल), पाक्वेटा (लियोन), डुग्लस लुइज (एस्टन भिल्ला) र एभर्टन रिवेइरो (फ्लामेङ्गो)

फरवार्ड – रोबर्टाे फिर्मिनो (लिभरपुल), रिचार्लीसन (एभर्टन), एभर्टन (बेन्फिका), गाब्रियल जेसस (म्यानचेस्टर सिटी), नेयमार (पीएसजी), गाब्रियल बारवोसा (फ्लामेङ्गो) र भिनिसियस जुनियर (रियल म्याड्रिड)

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.