default_image

3 years ago

May 15, 2021

युभेन्टसले च्याम्पियन इन्टरलाई हरायो

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबार युभेन्टसले घरेलु मैदानमा लिग च्याम्पियन इन्टर मिलानलाई पराजित गर्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना जीवित राखेको छ । घरेलु मैदानमा इन्टरविरुद्ध ३-२ को रोमान्चक जित दर्ता गर्दै युभेन्टसले महत्त्वपूर्ण ३ अंक जोडेको हो । खेलमा दुई पटक बराबरी गरेपनि इन्टरले अन्तिम समयमा संयमता गुमाउँदा अंक जोड्न सकेन […]

59 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबार युभेन्टसले घरेलु मैदानमा लिग च्याम्पियन इन्टर मिलानलाई पराजित गर्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना जीवित राखेको छ ।

घरेलु मैदानमा इन्टरविरुद्ध ३-२ को रोमान्चक जित दर्ता गर्दै युभेन्टसले महत्त्वपूर्ण ३ अंक जोडेको हो । खेलमा दुई पटक बराबरी गरेपनि इन्टरले अन्तिम समयमा संयमता गुमाउँदा अंक जोड्न सकेन । युभेन्टसको जितमा जुआन क्वाडराडोले दुई तथा क्रिस्टियानो रोनाल्डोले एक गोल गरे । इन्टरका लागि लुकाकुले एक गोल गर्दा अर्को गोल आत्मघाती भएको थियो ।

खेलको २३ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्रभित्र माटियो दारमियाँले जिओर्जियो किएलिनीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । रोनाल्डोको पेनाल्टी प्रहार इन्टरका कप्तान सामिर हान्दानोभिचले बचाएपनि रिबाउन्डमा रोनाल्डोले गोल गरेका थिए ।

खेलको ३३ औं मिनेटमा इन्टरले लुकाकुको पेनाल्टी गोलमा खेल बराबरीमा ल्यायो । म्यथिस डे लिग्टले लाउटारो मार्टिनेजलाई लडाएपछि रेफ्रीले पेनाल्ट दिएका थिए । उक्त पेनाल्टीलाई सदुपयोग गर्दै लुकाकुले इन्टरलाई खेलमा फर्काए । इन्जुरी समयको तेस्रो मिनेटमा क्वाडराडोले गोल गर्दै युभेन्टसलाई पुन: अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५५ औं मिनेटमा युभेन्टस १० खेलाडीमा सिमित भयो । रोड्रीगो बेन्टान्कुरले दोहोरो पहेंलो कार्ड प्राप्त गरेपछि युभेन्टस दोस्रो हाफको अधिकांश समय एक खेलाडी कम खेल्न पुगेको थियो । लगातार आक्रमण बुनेको इन्टरले ८३ औं मिनेटमा आत्मघाती गोल उपहार पायो । किएलिनीले लुकाकुलाई लक्षित गरिएको क्रस रोक्ने क्रममा बल आफ्नै पोस्टतर्फ गएपछि खेल २-२ को बराबरीमा पुगेको थियो ।

८८ औं मिनेटमा युभेन्टसले पुन: पेनाल्टी प्राप्त गर्यो । इभान पेरिसिचले पेनाल्टी क्षेत्रभित्र क्व़ाडराडोलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । क्वाडराडो आफैंले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । इन्ज्युरी समयको दोस्रो मिनेटमा मार्सेलो ब्रोजोभिचले रातो कार्ड प्राप्त गर्दा इन्टर पनि १० खेलाडीमा सिमित भएको थियो ।

यस जितसँगै युभेन्टस अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । टोलीले ३७ खेलमा ७५ अंक जोडेको छ । च्याम्पियन इन्टरको ३७ खेलमा ८८ अंक छ । दोस्रो स्थानको एटलान्टाको ३७ खेलमा ७८ अंक छ भने एसी मिलानको ३६ खेलमा ७५ अंक छ । पाँचौ स्थानको नेपोलीको ३६ खेलमा ७३ अंक रहेको छ ।

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.