default_image

3 years ago

May 16, 2021

एटलान्टाको रोमाञ्चक जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एटलान्टाले घरेलु टोली जिनोआमाथि रोमाञ्चक जित दर्ता गरेको छ । एक समय ३–० को आरामदायी अग्रता लिएपनि एटलान्टाले जिनोआमाथि ४–३ को रोमाञ्चक जित निकालेको हो । जिनोभामा शनिबार राति भएको खेलमा एटलान्टाको जितमा डुभान जापटा, रुस्लान मालिनोभ्स्की, रोविन गोसेन्स र मारियो पासालिसले गोल गर्दा घरेलु टोलीका इल्डोर सोमुरोडोभले दुई […]

38 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एटलान्टाले घरेलु टोली जिनोआमाथि रोमाञ्चक जित दर्ता गरेको छ । एक समय ३–० को आरामदायी अग्रता लिएपनि एटलान्टाले जिनोआमाथि ४–३ को रोमाञ्चक जित निकालेको हो ।

जिनोभामा शनिबार राति भएको खेलमा एटलान्टाको जितमा डुभान जापटा, रुस्लान मालिनोभ्स्की, रोविन गोसेन्स र मारियो पासालिसले गोल गर्दा घरेलु टोलीका इल्डोर सोमुरोडोभले दुई तथा गोरान पान्डेभले एक गोल गरेपनि हार टार्न सकेन ।

खेलको नवौं मिनेटमा रुस्लान मालिनोभ्स्कीको पासमा डुभान जापटाको गोलमा एटलान्टाले सुरुवाती अग्रता लिएको थियो । २६औं मिनेटमा जापटाको पासमा रुस्लान मालिनोभ्स्कीले गोल गर्दै एटलान्टाको अग्रता दोब्बर पारे । ४४औं मिनेटमा हान्स हाटेनकोइरको पासमा रोविन गोसेन्सले गोल गरेपछि एटलान्टाले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिएको थियो ।

४८औं मिनेटमा इल्डोर सोमुरोडोभले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ५१औं मिनेटमा मारियो पासालिसले एलेक्सी मिरानचुकको पासमा गोल गर्दै एटलान्टालाई ४–१ ले अघि बढाए । ६७औं मिनेटमा गोरान पान्डेभले पेनाल्टीमा गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याए । ८४औं मिनेटमा इल्डोर सोमुरोडोभ व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याएपनि घरेलु टोलीको हार टार्न नसक्दा एटलान्टाले रोमाञ्चक जित निकाल्यो ।

जितपछि दोस्रो स्थानमा रहेको एटलान्टाको ३७ खेलबाट ७८ अंक जोड्दै अर्काे सिजनको लागि च्याम्पियन्स लिगलाई स्थान पक्का गरेको छ ।पराजित जिनोआ ३९ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

सिरी ‘ए’ को अर्काे खेलमा रोमाले लाजियोमाथि २–० को सहज जित निकालेको छ । रोमाको जितमा हेनरिक मिख्टरयान र पेड्रोले गोल गरे । जितपछि रोमा ६१ अंक जोडेर सातौ स्थानमा यथावत रहँदा पराजित लाजियो ६७ अंक जोडेर छैटौ स्थानमा यथावत रहेको छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.