default_image

3 years ago

May 16, 2021

राष्ट्रिय टोलीमा परेनन् एनएसएल च्याम्पियनका खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीको आइतबार घोषणा गरिएको टोलीमा शनिबार मात्र नेपाल सुपर लिग उपाधि जितेको काठमाडौं रेजर्सका कुनैपनि खेलाडीले स्थान बनाउन सकेका छैनन् । नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप छनोटका लागि बन्द प्रशिक्षणमा रहने गरी ३२ खेलाडीको नाम सार्वजनिक गर्दा रेजर्सका कुनैपनि खेलाडी उक्त सुचिमा परेनन् । […]

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीको आइतबार घोषणा गरिएको टोलीमा शनिबार मात्र नेपाल सुपर लिग उपाधि जितेको काठमाडौं रेजर्सका कुनैपनि खेलाडीले स्थान बनाउन सकेका छैनन् ।

नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप छनोटका लागि बन्द प्रशिक्षणमा रहने गरी ३२ खेलाडीको नाम सार्वजनिक गर्दा रेजर्सका कुनैपनि खेलाडी उक्त सुचिमा परेनन् । यसअघि थ्री नेसन्स कपका दौरान रेजर्समा आबद्ध ५ खेलाडी राष्ट्रिय टोलीमा थिए । तर प्रशिक्षक अलमुताइरीले नयाँ अनुहारलाई प्राथमिकता दिँदै घोषणा गरेको टोलीमा रेजर्सका खेलाडी परेनन् ।

एनएसएल च्याम्पियन टोलीका कप्तान एवं गोलरक्षक विकेश कुथुसँगै तेज तामाङ, संजोक राई, छिरिङ गुरुङ र त्रिदेव गुरुङ यसपटक टोलीमा नपरेका हुन् । नेपाल थ्री नेसन्स च्याम्पियन बन्दा रेजर्सकै प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए । त्रिदेवले भने चोटका कारण एनएसएल गुमाएपछि उनको स्थानमा छिरिङ टोलीमा आएका थिए ।

यसबाहेक थ्री नेसन्स खेल्ने टोलीबाट सुजल श्रेष्ठ र अजित भण्डारी पनि टोलीमा परेका छैनन् । नवयुग श्रेष्ठ र सन्तोष तामाङले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा पाँच खेलाडी पहिलो पटक बन्द प्रशिक्षणमा समेटिएका छन् । कमल थापा, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगीले पहिलो पटक बन्द प्रशिक्षणमा स्थान बनाएका हुन् ।

प्रशिक्षक अलमुताइरीले प्रशिक्षण सुरु भएपछि एनएसएलका प्रदर्शनका आधारमा खेलाडी छनोट गरेको बताएका थिए । ‘यो टोली अब साफ च्याम्पियनसिपको तयारीलाई ध्यानमा राख्दै घोषणा गरिएको हो । केहि खेलाडी अहिलेको खेलमा पर्लान्, केहि अर्को खेलमा । हामी दिर्घकालिन योजनासहित टोली निर्माणमा लागेका छौं । को खेलाडी पर्यो भनेर हेर्नभन्दा टोली कति राम्रो बन्यो भन्नेमा ध्यान दिन जरुरि छ,’ अलमुताइरीले भनेका थिए ।

राष्ट्रिय टोलीले मे २९ मा इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । त्यसपछि जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेल खेल्न नेपाल कुवेत प्रस्थान गर्नेछ । नेपालले विश्वकप छनोट अन्तर्गत तीन खेल खेल्न बाँकी छ । नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ । समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन । अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान तथा कुवेत र जोर्डनको १०-१० अंक छ । नेपालले चौथो स्थानमा रहन सके एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।

यसरी भइरहेको छ राष्ट्रिय टोलीको प्रशिक्षण :

राष्ट्रिय टोलीको ३२ सदस्यीय बन्द प्रशिक्षण :

गोलरक्षक : किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार

डिफेन्डर : अनन्त तामाङ, रजिन धिमाल, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, निशान खड्का, अमित तामाङ, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, नितिन थापा, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान, विवेक बस्नेत, रवी पासवान

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, भरत खवास, दर्शन गुरुङ, नवयुग श्रेष्ठ, आशिष लामा

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.