default_image

3 years ago

May 17, 2021

नेयमार र एमबाप्पेको गोलमा पीएसजीको सानदार जित

एजेन्सी – फ्रेन्च लिग वानको उपाधि दौडमा रहेको साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेइम्समासथ सानदार जित दर्ता गरेको छ । पीएसजीले १० खेलाडीमा सम्मिलित समेटिएको रेइम्सलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पीएसजीको जितमा नेयमार, केलियन एमबाप्पे, मार्किन्हस र मोइस किनले गोल गरे । पहिलो र दोस्रो हाफमा समान […]

44 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वानको उपाधि दौडमा रहेको साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेइम्समासथ सानदार जित दर्ता गरेको छ । पीएसजीले १० खेलाडीमा सम्मिलित समेटिएको रेइम्सलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा पीएसजीको जितमा नेयमार, केलियन एमबाप्पे, मार्किन्हस र मोइस किनले गोल गरे । पहिलो र दोस्रो हाफमा समान २–२ गोलको भएको थियो ।

पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलको १०औं मिनेटमा नै रेइम्स १० खेलाडीमा समेटिएपछि पीएसजीलाई जित निकाल्न सहज भएको थियो । युनिस अब्देलहामिदले पेनाल्टी बक्समा एमबाप्पेमाथि अनावश्यक च्यालेन्ज गरेपछि रेफ्रीले पीएसजीलाई पेनाल्टी तथा उनलाई सिधै रातो कार्ड देखाउँदै मैदानबाट बाहिरिएपछि पीएसजी ८० मिनेट १० खेलाडीमा खेल्नुपरेको थियो । त्यसको फाइदा पीएसजीले उठाउन सफल भयो ।

उक्त पेनाल्टीमा नेयमारले १३औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । २४औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २–० ले अघि बढाए । ६८औं मिनेटमा नेयमारको पासमा मार्किन्हसले गोल गर्दै पीएसजीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ८९औ मिनेटमा सब्सिच्युट मोइस किनले गोल गर्दै पीएसजीलाई सानदार जित दिलाए । उनी ७७औं मिनेटमा एमबाप्पेको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यो जितसँगै पीएसजीले यो सिजनको फ्रेन्च लिग वानको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । पीएसजीले सफलता हात पार्दा शीर्षस्थानमा रहेको लिलले सेन्ट इटिएनसँग गोलरहित बराबरी खेल्दा उपाधिको छिनोफानो अन्तिम खेलबाटै लाग्नेछ । पीएसजीको ३७ खेलबाट ७९ तथा शीर्षस्थानको लिलको ८० अंक छ । पराजित रेइम्स ४२ अंक जोडेर १३औं स्थानमा छ ।

लिगको अन्तिम खेलमा पीएसजीले ब्रेस्टसँग तथा लिलले एन्जर्ससँग खेल्दैछ । यो खेलमा जित हात पार्ने टोली लिग वान च्याम्पियन बन्नेछ । दुवै टोली बराबरीमा रोकिएको अवस्थामा पनि लिल नै च्याम्पियन बन्नेछ । पीएसजीलाइ च्याम्पियन बन्न आफ्नो खेलमा जित निकाल्दा लिलले अंक गुमाउनु पर्नेछ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.