default_image

3 years ago

May 17, 2021

डर्टमुन्डको सहज जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले मेइन्जमाथि सहज जित दर्ता गर्दै शीर्ष चारमा रहेर अर्काे सिजनको लागि च्याम्पियन लिगलाई छनोट भएको छ । आइतबार राति भएको खेलमा डर्टमुन्डले मेइन्जलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको हो । डर्टमुन्डको जितमा राफायल गुएररेइरो, कप्तान मार्काे रिउस र जुलियन ब्रान्डले गोल गरे । घरेलु टोलीका रोविन क्वाइसनले एक […]

55 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले मेइन्जमाथि सहज जित दर्ता गर्दै शीर्ष चारमा रहेर अर्काे सिजनको लागि च्याम्पियन लिगलाई छनोट भएको छ ।

आइतबार राति भएको खेलमा डर्टमुन्डले मेइन्जलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको हो । डर्टमुन्डको जितमा राफायल गुएररेइरो, कप्तान मार्काे रिउस र जुलियन ब्रान्डले गोल गरे । घरेलु टोलीका रोविन क्वाइसनले एक गोल फर्काए ।

खेलको २३औं मिनेटमा जाडोन सान्चोका पासमा राफयल गुएररेइरोले गोल गर्दै डर्टाुन्डलाई १–० को अग्रता दिलाए । ४२औं मिनेटमा कप्तान मार्काे रिउसले जाडोन सान्चोकै पासमा गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे ।

८०औं मिनेटमा जुलियन ब्रान्डले एर्लिङ ब्राउट हालान्डको पासमा गोल गर्दै डर्टमुन्डलाई ३–० ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रोविन क्वाइसनले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएपनि घरेलु टोलीले हार टार्न सकेन ।

जितपछि डर्टमुन्ड ३३ खेलबाट ६१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित मेइन्ज ३६ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.