default_image

3 years ago

May 18, 2021

मान्सिनी २०२६ सम्म इटाली रहने

एजेन्सी – प्रशिक्षक रोबर्टाे मान्सिनीले इटाली राष्ट्रिय फुटबल टोलीसँगको सम्झौता नविकरण गरेका छन् । मुख्य प्रशिक्षक मान्सिनीले थप चार वर्षको लागि सम्झौता नविकरण गरेका हुन् । यससँगै ५६ वर्षीय प्रशिक्षक मान्सिनी सन् २०२६ को विश्वकपसम्म इटालीको मुख्य प्रशिक्षक रहनेछन् । मान्सिनीको सम्झौता २०२२ को विश्वकप सम्म रहेको थियो । तर उनले आफ्नो सम्झौता अवधि बाँकी रहँदै थप […]

25 views

0 Bookmark

एजेन्सी – प्रशिक्षक रोबर्टाे मान्सिनीले इटाली राष्ट्रिय फुटबल टोलीसँगको सम्झौता नविकरण गरेका छन् । मुख्य प्रशिक्षक मान्सिनीले थप चार वर्षको लागि सम्झौता नविकरण गरेका हुन् ।

यससँगै ५६ वर्षीय प्रशिक्षक मान्सिनी सन् २०२६ को विश्वकपसम्म इटालीको मुख्य प्रशिक्षक रहनेछन् । मान्सिनीको सम्झौता २०२२ को विश्वकप सम्म रहेको थियो । तर उनले आफ्नो सम्झौता अवधि बाँकी रहँदै थप चार वर्षको लागि सम्झौता लम्ब्याएका हुन् ।

‘हामी उहाँलाई निरन्तरता दिन चाहन्छौं । यो समयमा हाम्रो ट्रफी जित्ने योजना छ,’ इटालियन फुटबल महासंघका अध्यक्ष गेब्रिएल ग्राभिनाले भने, ‘मान्सिनीले दुई वर्षदेखि राम्रो गरिरहेका छन् । यस परियोजनामा अगाडि बढ्नु भनेको संघ र हाम्रा प्रशंसहरुको सम्मानका कर्तव्य हो । हामीले एउटा महत्त्वपूर्ण निर्णय गरेका हौं ।’

मान्सिनी सन् २०१८ को विश्वकपपछि इटालीको मुख्य प्रशिक्षक बनेका थिए । इटाली विश्वकप २०१८ मा छनोट हुन असफल भएको थियो । उनको प्रशिक्षणमा इटालीले २८ खेल खेल्दा १९ जित हात पारेको छ । दुई खेल बराबरी खेल्दा ७ खेलमा हार बेहोरेको छ । उनकै प्रशिक्षणमा इटाली युरोपियन च्याम्पियनसिपको सबै १० खेलमा जित निकाल्दै कीर्तिमानसहित युरोकपमा छनोट भएको थियो ।

मान्सिनीले २०१९ मा लगातार ११ जितको कीर्तिमान राख्दै युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुर्याएका थिए । सेमिफाइनलमा इटालीले अक्टोबरमा स्पेनसँग खेल्दैछ ।

‘म धेरै खुसी छु,’ मान्सिनीले भने, ‘हामी हाम्रो काममा लक्षित छौं । आफ्नो मनपर्ने टोलीमै हुनुले सन्तुष्टि प्रदान गर्दछ । म भविष्यको लागि आशावादी छु । यो एक वर्षको अवधिमा हामीसँग युरोकप, नेसन्स लिगको अन्तिम चरण र विश्वकप हुनेछ । यो लक्ष्य हासिल गर्न सक्षम हुन त्यति सहज छैन र केही भाग्य पनि चाहिन्छ ।’

इटालीकै पुर्व फरवार्ड समेत रहेका अनुभवी प्रशिक्षमा मान्सिनीले फियोरेन्टिना, लाजियो, इन्टर मिलान (दुईपटक), म्यानचेस्टर सिटी, गालाटासारे र जेनिट सेन्ट पिटर्सबर्गलाई प्रशिक्षण दिइसकेका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.