default_image

3 years ago

May 20, 2021

रियल सर्वाधिक मुल्यवान फुटबल ब्रान्ड

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड विश्वकै सबैभन्दा मुल्यवान फुटबल ब्रान्ड बनेको छ । हालै ब्रान्ड फाइनान्सद्वारा प्रकाशित एक सुचीमा अर्को स्पोनिस टोली बार्सिलोना र इङ्लिस क्लब म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै रियल शीर्षमा रहेको छ । रियल मुल्यवान फुटबल क्लबको शीर्षस्थानमा रहेको यो लगातार तेस्रो वर्ष हो । विश्वका ५ क्लबको मुल्य अरब भन्दा भन्दा माथि […]

52 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड विश्वकै सबैभन्दा मुल्यवान फुटबल ब्रान्ड बनेको छ । हालै ब्रान्ड फाइनान्सद्वारा प्रकाशित एक सुचीमा अर्को स्पोनिस टोली बार्सिलोना र इङ्लिस क्लब म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै रियल शीर्षमा रहेको छ ।

रियल मुल्यवान फुटबल क्लबको शीर्षस्थानमा रहेको यो लगातार तेस्रो वर्ष हो । विश्वका ५ क्लबको मुल्य अरब भन्दा भन्दा माथि रहेको छ क्लबमध्ये रियल पनि एक हो । यो वर्षका लागि जारी भएको सुचीको शीर्ष १० क्लबमा छ क्लब प्रिमियर लिगका छन् ।

ब्रान्ड मुल्यवान हुनुमा मुख्यत च्याम्पियन्स लिगको सहभागिता रहेको छ । ब्रान्ड फाइनान्सको रिपोर्टमा भनिएको छ रियलले च्याम्पियनस लिग छनोटमा एकरुपताको प्रदर्शन गर्दै आएको छ । च्याम्पियन्स लिगकै प्रदर्शन टोली क्लबको सफलताको बलियो आधार हो । यो सिजन रियल च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको थियो । घरेलु लिगमा भने टोली अन्तिम खेल बाँकी रहँदा पनि उपाधि होडमा कायम छ ।

शीर्ष १० मुल्यवान क्लब

रियल म्याड्रिड – १ हजार २ सय ७६ मिलियन युरो

बार्सिलोना – १ हजार २ सय ६६ मिलियन

म्यानचेष्टर युनाइटेड – १ हजार १ सय ३० मिलियन युरो

म्यानचेष्टर सिटी – १ हजार १ सय १८ मिलियन युरो

बायर्न म्युनिख – १ हजार ६८ मिलियन युरो

लिभरपुल – ९ सय ७३ मिलियन युरो

पिएसजी – ८ सय ८७ मिलियन युरो

चेल्सी – ७ सय ६९ मिलियन युरो

टोटेनहम – ७ सय २३ मिलियन युरो

आर्सनल – ६ सय ७५ मिलियन युरो

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.