default_image

3 years ago

May 18, 2021

चेल्सी र लेस्टर भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा शीर्ष चारको दौडमा रहेका चेल्सी र लेस्टर सिटीबीच पनि खेल हुनेछ । खेल चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १ बजे हुनेछ । घरेलु मैदानमा चेल्सी लेस्टरलाई हराउँदै शीर्ष चारको यात्रा बलियो पार्ने लक्ष्यमा हुनेछ । लेस्टरलाई हराउन सके चेल्सीले लेस्टरलाई नै […]

45 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा शीर्ष चारको दौडमा रहेका चेल्सी र लेस्टर सिटीबीच पनि खेल हुनेछ । खेल चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १ बजे हुनेछ ।

घरेलु मैदानमा चेल्सी लेस्टरलाई हराउँदै शीर्ष चारको यात्रा बलियो पार्ने लक्ष्यमा हुनेछ । लेस्टरलाई हराउन सके चेल्सीले लेस्टरलाई नै पछि पार्दे तेस्रो स्थानमा उक्लनेछ । बराबरी या हारले दुवै टोली यथास्थानमा नै रहनेछन् । अर्काे सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउनको लागि पनि दुवै टोलीलाई जितको खाँचो छ । यस खेलमा जित हात पार्ने टोलीले शीर्ष चारमा स्थान पक्का गर्नेछ ।

चेल्सी अघिल्लो साता एफए कपको फाइनलमा भोगेको हारको बदला लिने लक्ष्यमा मैदान उत्रनेछ । टोलीसँग काई हाभर्टज, मासन माउन्ट, क्रिस्टियन पुलिसिस, बेन चिलवेल, जर्गिन्हो, एङ्गोलो कान्टे, रिस जेम्स, एन्टेनियो रुडिगर, सिसर एज्पिलिक्वेटा, थियागो सिल्भा र गोलक्षक इडुआर्ड मेन्डी टोलीमा रहेका छन् ।

चेल्सीले हार बेहोरेको दुई खेल (आर्सनल र लेस्टर सिटी) विरुद्धको खेलमा विश्राम पाएका पहिलो रोजाईका गोलरक्षक मेन्डीलाई प्रशिक्षक थोमस टुचेलले पहिलो रोजाईमा खेलाउने सम्भावना छ । मेन्डीले गत मे ८ मा शीर्षस्थानको म्यानचेस्टर सिटीलाई हराएपछि टोली बाहिर रहेका थिए । यस्तै टोलीसँग कलुम हड्सन ओडोई, ओलिभर जिरुउड र हाकिम जियाच पनि टोलीमा रहेका छन् । पछिल्लो दुई खेलमा हार बेहोरेका कारण टोलीलाई जित निकाल्नुपर्ने दवाव छ ।

यस्तै लेस्टर पनि दुई दिन अघि एफए कपको पाएको जितलाई निरन्तरता दिदै शीर्ष चारमा स्थान पक्का गर्ने लक्ष्यमा हुनेछ । टोलीसँग जेमी भार्डी, केलिची इहेनाचो, जेम्स म्याडिसन, लुके थोमस, युरी टिलेमान्स, विलफ्रेड एनडिडि, मार्क अल्ब्राइटन, वेस्ले फोफाना, काग्लर सोयन्कु, टिमोथी कास्टाग्ने र गोलरक्षक कास्पर टोलीमा रहेका छन् ।

यस्तै जोनी इभान्स, वेस मोर्गन, एयोजी पेरेज र हम्जा चौधरी पनि टोलीमा रहेका छन् । तेस्रो स्थानको रहेको लेस्टरको ६६ तथा चौथो स्थानमा रहेको चेल्सीको ६४ अंक छ । यि दुई टोलीको पछिल्लो १८ भेटमा चेल्सी ९ खेलमा विजयी भएको छ । ४ खेल लेस्टरले आफ्नो पक्षमा पार्दा ५ खेल बराबरीमा सकिएको छ ।

अन्य खेल :

म्यानचेस्टर युनाइटेडविरुद्ध फुलहम (राति १०:४५ बजे)

साउथह्याम्टनविरुद्ध लिड्स (राति १०:४५ बजे)

ब्राइटनविरुद्ध म्यानचेस्टर सिटी (राति १०:४५ बजे)

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.